बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गेम खेल्दाखेल्दै पोकेमनले बलात्कार गरेको महिलाको दाबी

शनिबार, २९ साउन २०७३, ०९ : ४९
शनिबार, २९ साउन २०७३
आजकाल ‘पोकेमन गो’ खेल संसारभरी चर्चित भएको छ । पोकेमनसँग सम्बन्धित विभिन्न समाचारहरु सार्वजनिक भएका छन् तर यहाँ एक महिलाले जुन कुरा दाबी गरिरहेकी छिन्, त्यो निकै अचम्मको छ । रुसकी एक महिलाले पोकेमनले आफूलाई बलात्कार गरेको दाबी गरेकी छिन् । ती महिलाले पुलिसलाई यस बारे उजुरी दर्ता समेत गराएकी छिन् । बलात्कारको आरोप लगाउने ती महिलाका अनुसार उनी राती ‘पोकेमन गो’ गेम खेल्दाखेल्दै निदाइन् । बिहान जब उनको आँखा खुल्यो तब उनले पोकेमनको ठूलो क्यारक्टरलाई आफूमाथि पाइन् । महिलाको भनाई अनुसार पोकेमन उनको शरिरमाथि चढेको थियो र उनको बलात्कार गरिरहेको थियो । आत्तिएर आफ्नो ओछ्यानबाट तल ओर्लदाँ पोकेमन गायब भएको उनले बताइन् । डेली मेलका अनुसार उनले आफ्ना श्रीमान्लाई आफूमाथि बलात्कार भएको घटना सुनाउन उठाइन् । तर उनका श्रीमानले उनको कुरा पत्याएनन् बरु उल्टै उनलाई मनोचिकित्सककोमा जान सुझाए । रसियाको एक वेबसाइट ब्लोकनटको रिपोर्ट अनुसार उनको भनाई पुलिसले समेत विश्वास गरेनन् । त्यसपछि उनी मनोचिकित्सकलाई भेट्न पुगिन्, उनीहरुले समेत उनको समस्याको समाधान गर्न सकेनन् । इभान माकारोभ, ती महिलाका साथी, भन्छन्, ‘उनले आफू बसेको ठाउँमा धेरै पोकेमन भएको बताउँछिन् र उनका कुकुरले पनि यसबारे थाहा पाएका छन् । उनी भन्छिन् कि जतिबेला उनी पोकेमन गो खेल्छिन्, त्यतिबेला उनका कुकुरहरु भुक्छन् ।’ माकारोभका अनुसार उनकी साथीले अन्तत उनको श्रीमानको सल्लाह मानिन् र मनोचिकित्सकसँग भेट्ने व्यवस्था मिलाएकी छिन् । स्मरण रहोस्, पोकेमन गो गेम लञ्च हुने बित्तिकै यो संसारभरी निकै चर्चित बनेको छ र मानिसहरु यो गेम खेल्नका लागि निकै लालायित हुने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप