बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नरेन्द्र मोदीलाई अपमान गरेको भन्दै राखी सावन्तविरुद्ध अदालतमा मुद्दा दर्ता

शनिबार, २९ साउन २०७३, १० : २९
शनिबार, २९ साउन २०७३
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अपमान गरेको आरोपमा बलिउडकी ‘आइटम गर्ल’ भनेर चिनिने राखी सावन्तविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । राखीले मोदीको नाम र फोटो राखेर डिजाइन गरिएको ‘ड्रेस’ लगाएका कारण मेरठको एसीजेएम अदालतमा प्रोग्रेसिभ वुमन वेलफेयर नामको एक एनजीओले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । राखीको यस्तो हर्कतले प्रधानमन्त्रीको गरिमाको अपमान गरेको एनजीओकी उपाध्यक्ष लता बताउँछिन् । उपाध्यक्ष भन्छिन्, ‘हाम्रो देशले महिलाको गरिमाको सम्मान गर्छ । तर पब्लिसिटी पाउनका लागि यस्तो प्रकारको काम गर्नु कुनै पनि महिलालाई शोभा दिँदैन । राखीको यस्तो व्यवहारले देशको प्रधानमन्त्रीको प्रतिष्ठामा ठेस पुगेको छ । हाम्रो देशमा यस्तो प्रकारुको कृत्य स्विकार्य छैन ।’ स्मरण रहोस्, राखीले मिडियामा चर्चा बटुल्नका लागि १० अगस्टमा प्रधानमन्त्रीको नाम र फोटो भएको ड्रेस लगाएकी थिइन् । राखीले यो ड्रेस शिकागोमा स्वतन्त्रता दिवससँग जोडिएको एक कार्यक्रममा लगाएकी थिइन् । मोदीको प्रिन्ट भएको यो फोटो सोसल मिडियामा निकै चर्चित भएको थियो । त्यतिबेला पनि सोसल मिडियामा मनिसहरुले उनको यो हर्कतको निकै आलोचना गरेका थिए । चर्चामा रहिरहनका लागि राखी अनेकौं प्रकारको विवादास्पद बयान दिने गर्दछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप