बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मिथुनका लागि श्रीदेवीले श्रीमान् बोनी कपूरलाई राखी बाँधेकी थिइन् ! थाहा पाउनुस् उनको जीवनका रोचक कहानी

शनिबार, २९ साउन २०७३, ११ : ३८
शनिबार, २९ साउन २०७३
बलिउड अभिनेत्री श्रीदेवीको आज अर्थात् अगस्ट १३ तारिखमा ५२ वर्ष पुगेकी छिन् । ८० र ९० को दशकमा बलिउडमा राज गर्ने श्रीदेवीले थुप्रै सुपरहिट फिल्ममा अभिनय गरेकी छिन् । श्रीदेवीको नीजि जिन्दगी निकै उतार–चढावले भरिएको छ । मिथुनसँगको प्रेम सम्बन्ध होस् वा विवाहित बोनी कपुरसँग विवाह गरेका कारण होस्, उनको जीवनमा धेरै विवाद सृजना भए । डिस्को डान्सर मिथुन र ‘हवा हवाई’ श्रीदेवीको पहिलो भेट ‘जाग उठा इन्सान’ को सेटमा भएको थियो । भनिन्छ, यी दुबै स्टारले पहिलो भेटमा नै एक–अर्कालाई मन पराइसकेका थिए । श्रीदेवी जब मिथुनको जिन्दगीमा आइन् तब मिथुनको विवाह भइसकेको थियो । उनकी श्रीमती गीता बाली बलिउडकी चर्चित नायिका बनिसकेकी छिन् । श्रीदेवी र मिथुन सँगै भइरहेका बेला, बोनी कपुरले पनि श्रीदेवीलाई मन पराउने गरेको मिडिया रिपोर्टले बताएको छ । आफूले मन पराए पनि श्रीदेवी मिथुनसँग नजिक भएका कारण बोनीले आफ्नो मनको कुरा उनलाई नभनेको स्विकार गरेका छन् । एक अन्र्तवार्तामा बोनीले श्रीदेवीलाई पहिलो पटक देख्दा नै आफूले मनपराएको बताएका छन् । उनी श्रीदेवीलाई भेट्न चेन्नईसम्म पुगेको तर श्रीदेवीले त्यतिबेला उनलाई वास्ता नगरेको समेत उनले अन्र्तवार्तामा बताएका छन् । स्रोतका अनुसार सन् १९८५/८६ मा बोनी कपुर फिल्म ‘मिस्टर इन्डिया’ को अफर लिएर गए । श्रीदेवीले आफ्नी आमासँग यसबारे कुरा गर्नुपर्ने बताउँदै बोनीलाई आमासँगै कुरा गर्न पठाइन् । श्रीदेवीकी आमाले छोरीले फिल्म खेलेबापत् १० लाख दिनुपर्ने माग राखिन् । त्यतिबेला १६ लाख ठूलो रकम मानिन्थ्यो । तर आमालाई प्रभावित गर्नका लागि बोनीले १७ लाख रुपैयाँ दिए । मिस्टर इन्डियाको सुटिङको क्रममा बोनीले श्रीदेवीको धेरै नै केयर गरे तर त्यतिबेला श्रीदेवीको संसार त मिथुन थिए । थुप्रै म्यागजिनमा छापिएको खबर अनुसार बोनी कपुर र मिथुन निकै राम्रा साथी थिए । श्रीदेवीप्रति बोनी आकर्षित भएको मिथुनले थाहा पाए त्यसकारण मिथुनले श्रीदेवीको हातबाट बोनीलाई राखी बाँध्न लगाए । श्रीदेवी र मिथुन नजिक भएका कारण बोनी कपुरले सन् १९८४ मा आफ्नो घरपरिवारको मर्जीले मोनासँग विवाह गरे । उता श्रीदेवी र मिथुनको प्रेमको कथा त्यतिबेलाका म्यागजिनमा लगातार छापिरहेका थिए । एक म्यागजिनका अनुसार मिथुनले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेर आफूसँग विवाह गरोस् भन्ने श्रीदेवी चाहन्थिन् । दुबैले मन्दिरमा कसैले थाहा नपाउने गरी विवाह गरेको समेत बताइएको छ । यद्यपी दुबैले कहिले पनि यस विषयमा स्विकारोक्ति जनाएका भने छैनन् । भनिन्छ, दुबैको प्रेम सम्बन्धको खबरले तनावमा रहेकी मिथुनकी श्रीमती योगिताले आत्महत्याको प्रयाससमेत गरेकी थिइन् । मिथुनले आफ्नी श्रीमतीको यस्तो अवस्था हेर्न सकेनन् बरु उल्टै श्रीदेवीलाई छोडिदिए । मिथुनले धोका दिएपछि श्रीदेवी निकै आहत भएको बताइएको छ । पीडा भुल्नका लागि उनी विदेशसमेत गएकी थिइन् । श्रीदेवी तनावमा भएका बेला बोनी कपुरसँग धेरै कुरा गर्ने गरेको बताइएको छ । त्यतिबेला श्रीदेवीकी आमाको स्वास्थ्य निकै खराब भयो र उनी आमाको उपचारको लागि अमेरिकामा गइन् । त्यतिबेला श्रीदेवीलाई साथ दिन बोनी कपुर अमेरिका पुगे र उनलाई मानसिक र आर्थिक रुपमा श्रीदेवीलाई निकै सहयोग गरे । बोनीले आफूलाई यति धेरै माया गर्ने देखेर श्रीदेवीले पनि उनलाई मन पराउन थालिन् । सन् १९९६ मा बोनीले आफ्नी पहिलो श्रीमती मोनासँग सम्बन्धविच्छेद गरेर श्रीदेवीसँग विवाह गरे । दुबैको विवाहमा हुँदा पनि निकै विवाद पैदा भएको थियो । विवादका बाबजुद यी जोडीले सँगै बस्ने निर्णय गरे र उनीहरु अहिलेसम्म पनि एकसाथ छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप