सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ नेविसंघ निर्वाचन तालिका, यी हुन् ३७६० जना महाधिवेशन प्रतिनिधि

आइतबार, ३० साउन २०७३, ०० : २५
आइतबार, ३० साउन २०७३

काठमाडौँ – अन्तत: लामो विवाद र अन्योलतापछि नेविसंघको निर्वाचन प्रक्रिया अघि बढाइएको छ । महाधिवेशन सम्पन्न गराउनको लागि बनेको केन्द्रीय निर्देशन समितिले उपलब्ध गराएको नामावली विद्यार्थी संघको केन्द्रीय निर्वाचन समितिले शनिबार राती सार्वजनिक गरेको गरेको छ भने सँगसँगै निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रनिनिधिमा नाम समावेश भएकाहरुलाई आइतबार विहान ९ बजेदेखि मतदाता परिचयपत्र, झोलालगायतका सामाग्रीहरु पार्टीको केन्द्रीय कार्यालय, सानेपाबाट वितरण गरिने कार्यक्रम रहेको जानकारी दिए ।

उनले महाधिवेशन प्रतिनिधिहरुले परिचयपत्र लगायतका सामाग्रीहरु बुझ्न पार्टी कार्यालय जाँदा आ–आफ्नो नागरिकताको प्रमाणपत्र, निर्वाचन आयोगद्वारा जारी गरिएको मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्र मध्ये कुनै एकको साथमा संघको महाधिवेशन प्रतिनिधिको मतदाता नामावलीको क्रमसंख्या सहित सम्पर्क राख्न पनि सुचित गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक भरत प्रसाद खरेलले देशभरका ३७६० जना प्रनितिनिधिको नामावली सार्वजनिक गरिएको बताए । सबै चुनावी प्रक्रिया पार्टी कार्यालय सानेपामा हुने उनले बताए । यसअघि संघको उद्घाटन साउन २३ गते भृकुटी मण्डपमा भएको थियो भने बन्दसत्र त्यही गरेर २५ गते नै नेतृत्व चयन गर्ने पूर्व निर्धारित कार्यक्रम थियो । तर प्रनितिनिधि चयनका विषयमा विवाद भएपछि  महाधिवेशन पर सर्दै आएको थियो । हालपनि विवाद साम्य भइनसकेको भएपनि निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

यस्तो छ निर्वाचन तालिका परिचयपत्र , झोलालगायतका सामग्री वितरणपछि आइतबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म मनोनयन दर्ता कार्यक्रम राखिएको छ ।

त्यसपछि बेलुकी ७ बजे उम्मेद्वारको नामवली प्रकाशन गरिने छ भने साउन ३१ गते विहान १० बजेदेखि १०ः ३० बजेसम्म उम्मेद्वारी सच्याउने समय प्रदान गरिने छ भने त्यसपछि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यस्तै उम्मेदवारको मनोनयन पत्रमा दावी विरोधका लागि सोहि दिन दिउँसो १२ः३० बजेदेखि ३ः३० बजेसम्मको समय तोकिएको छ ।यस्तै कसैले उम्मेदवारीको नाम फिर्ता लिन चाहे सोहि दिनको १ः३० बजेदेखि ५ः३० वजेसम्मको समय तोकिएको छ । त्यसपछि भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साउन मंगलबार विहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म मतदान हुने छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने खरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप