बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ती सबैभन्दा ठूला अफवाह, जसमा धोका खाए पूरा संसार

आइतबार, ३० साउन २०७३, १० : २८
आइतबार, ३० साउन २०७३
सन् १९९५ को सेप्टेम्बर २१ तारिख मंगलबारको दिन नयाँ दिल्लीको एक मन्दिरमा बिहान गणेश भगवानको प्रतिमाले दुध पिएको भन्ने अफवाह फैलियो । हेर्दा हेर्दै पूरा देशमा यो खबर फैलियो र मन्दिरमा भक्तजनहरुको भिड लाग्न थाल्यो । यो अफवाह भारतमा मात्र नभएर पूरा एसियाका थुप्रै स्थानमा यो खबर हावासरी फैलियो । हिटलरको डायरीः सन् १९८३ को अप्रिलमा जर्मनको पत्रिका ‘स्टर्न’ ले संसारको सबैभन्दा ठूलो सनसनीपूर्ण खुलासा गरेको दाबी गरेको थियो । पत्रिकाको दाबी अनुसार उनीहरुसँग एडोल्फ हिटलरले लेखेको डायरी छ । उक्त डायरी हिटलरले दोस्रो विश्वयुद्ध ताका लेखेको पत्रिकाले दाबी गरेको थियो । तर जसलाई सबैभन्दा ठूलो खुलासा भनियो, त्यो पत्रकारिताको दुनियाँमा सबैभन्दा ठूलो धोका साबित भयो । यस्ता व्यक्ति जसको अस्तित्व नै थिएन (अपरेशन मिंसमिन्ट): धोकाले फाइदा दिँदैन भनेर कसले भन्छ ? विशेषगरी युद्धको समयमा । दोस्रो विश्वयुद्धको क्रममा बेलायती सेनाले एक व्यक्तिमार्फत जर्मनी सेनालाई धोका दिन कोसिस गरेको थियो । यी मृत व्यक्तिको प्रतिकृति जर्मनीलाई धोका दिनको लागि विशेष रुपमा तयार गरिएको थियो । ब्रिटेनले यसलाई निमोनिया पीडित व्यक्तिलाई रोयल मरिन युनिफर्म लगाइदिएर उनको हातमा हतकडी बाँधिदिए । ब्रिटेनको यो ‘टप सिक्रेट’ मिशन थियो । पिल्टडाउन म्यानः सन् १९१२ मा चाल्र्स डसन नामका एक झुटा वैज्ञानिकले ४८ वर्षको उमेरमा पिल्टडाउन म्यानको सिद्धान्त दिए जसमा उनले दाबी गरे कि उनले पाँच लाख वर्ष पुरानो कंकाल भेटेका छन् । तत्कालीन समयमा यो खबरले नेचुरल हिष्ट्रि म्युजियममा तहल्का मच्चायो । उक्त संग्रहालयलाई मानव उत्पत्तिको इतिहासमा सबैभन्दा ठूलो खोज भएको संज्ञा दियो । पछि यो झुटो भएको पत्ता लाग्यो । यस विषयको खुलासा सन् १९५३ मा भएको थियो । यो धोकालाई वैज्ञानिकहरुले ४० वर्षको समय बर्बाद भएको ठान्दछन् । महात्मा गान्धीको डान्सः धेरै मानिसहरुले यो तस्बिरलाई अहिलेसम्म पनि वास्तविक भएको सोच्छन् होला तर वास्तवमा यो तस्बिरमा एक विदेशी महिलासँग नाचिरहेका ती व्यक्ति महात्मा गान्धी होइनन् । अष्ट्रेलियाका एक नायकले महात्मा गान्धीले लगाउने जस्तै पहिरन लगाएर ती महिलासँग एक पार्टीमा डान्स गरेका थिए । यो तस्बिरले संसारभरी हंगामा मच्चाएको थियो तर मानिसहरुले जे सोचे त्यो पूर्णतया गलत निस्कियो । परीहरुको तस्बिरः बेलायतमा बस्ने दुई काकाका छोरीहरु फ्रान्सिस ग्रिफिथ्स (१०) र एल्सी राइट (१७) एक दिन बगैंचामा गए । एल्सीले आफ्नो बुवाको क्यामराबाट त्यहाँ पाँचवटा तस्बिरहरु खिचिन् । यो तस्बिरलाई याद गरेर हेर्ने हो भने त्यसमा नाचिरहेको परीहरु देख्न सकिन्छ । सन् १९१९ मा यो कुरा शरलक होम्सका लेखक सर आर्थर क्याननलाई थाहा भयो र उनले एक प्रमुख पत्रिकामा यी परीहरुको तस्बिरको घटनामाथि एक लेख लेखे । त्यसपछि यो तस्बिर निकै चर्चित भयो । ५० वर्षसम्म मानिसहरुले यसलाई सही मानिरहे । सन् १९८१–८२ मा फ्रान्सीस ग्रिफिथ्स र एल्सी राइटले फोटोमा देखिएका ती परीहरु झुटो भएको जानकारी दिए । फ्रान्सिसले भनिन्, ‘मलाई अचम्म लाग्यो, मानिसहरुले त्यसलाई परी नै हो भनेर कसरी विश्वास गरे ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप