बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नम्रता र आर्यन बने वर्षका उत्कृष्ट

आइतबार, ३० साउन २०७३, ११ : १२
आइतबार, ३० साउन २०७३
काठमाडौं – नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठले उत्कृष्ट नायक नायिकाको अवार्ड जितेका छन् । उनीहरु पोखरामा शनिबार सम्पन्न आठौं डिजिटल सिने अवार्डबाट उत्कृष्ट नायक नायिकाको अवार्ड पाउन सफल भएका हुन् । आयोजक छाँयाछवि क्रियसनले राजधानी बाहिर पहिलोपटक आयोजना गरेको अवार्ड वितरण कार्यक्रमबाट उत्कृष्ट निर्देशकको अवार्ड दिपेन्द्र के खनालले पाए भने उत्कृष्ट चलचित्र ‘क्लासिक’ ठहरियो । यस्तै उत्कृष्ट चरित्र अभिनेत्रीको अवार्ड दिपाश्री निरौलाले पाउँदा उत्कृष्ट गायिकाको अवार्ड अन्जु पन्तले जितिन् । यस्तै छाँया छवि चलचित्र पत्रकारिता पुरस्कार नरेश भट्टराई, छाँयाछवि चलचित्र रजत सम्मान छवि ओझा र करिष्मा मानन्धरलगायत २६ जनाले जिते ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप