बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यी महिला प्रत्येक रात आफ्नो सर्पसँगै सुत्छिन्... एकदिन डाक्टरले खोले एक भयानक सत्य

आइतबार, ३० साउन २०७३, ११ : ४८
आइतबार, ३० साउन २०७३
हामीले पालेका जनावर परिवारको सदस्यभन्दा कम हुँदैनन् र हामीले ती जनावर दिन रात आफूसँगै होस् भन्ने चाहन्छौं । यसैकारण धेरै मानिसहरुले आफ्नो पाल्तु जनावरलाई आफू सँगै सुत्ने छुट दिएका हुन्छन् । कुकुर बिरालोलाई आफूसँगै सुत्न दिइनु ठिकै हो तर कुनै जनावरहरुलाई आफूसँगै बेडमा सुताउनु घातक साबित हुनसक्छ । यदि हामीलाई विश्वास गर्नुहुन्न भने यो घटनाबारे जानकारी लिनुहोस् । सबै जनावरहरु मानवसँग सुत्न लायक हुँदैनन् । यो कुरा एकजना महिलाले राम्रोसँग बुझेकी छिन् । ती महिलाले आफ्नो मायालु पाइथनलाई प्रत्येक रात आफू सँगै सुताउने गर्दथिन् । पाइथन उनको टाउकोदेखि खुट्टासम्मै फैलिएर सुत्ने गर्दथ्यो । एकदिन अचानक, उनको पाइथनले खाना खानै छोड्यो । आफ्नो मायालु पाइथनलाई के भयो भनी महिला भेटेनरी धाइन् । उपचारको क्रममा भेटेनरी डाक्टरले उनलाई सर्पको व्यवहारबारे थुप्रै प्रश्नहरु सोधिन् । महिलाले आफ्नो सर्पको अचम्मको सुत्ने तरिकाबारे जानकारी गराइन् । त्यतिबेलै भेटेनरी डाक्टरले उनलाई अझ थप प्रश्नहरु तेर्साइन् । डरलाग्दो वास्तविकता थाहा पाएपछि ती महिलाले आफ्नो पाल्तु पाइथनबाट बिस्तारै बिस्तारै दुरी बढाइन् । अब उनले आफ्नो मायालु पाइथनलाई सुत्नको लागि छुट्टै स्थानको व्यवस्था मिलाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप