बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

थाहा पाउनुस् यी नायिकाले एउटा आइटम गीतको लागि कति करोड लिए !

आइतबार, ३० साउन २०७३, १४ : ०७
आइतबार, ३० साउन २०७३
  बलिउडमा आजकल आइटम गीतबिना फिल्म अधुरो लाग्छ । र त धेरैजसो फिल्म निर्माताले आफ्नो फिल्ममा कम्तीमा एउटा आइटम गीत राख्ने गर्दछन् । यस्ता आइटम गीत नायिकाहरुका लागि मोटो रकम कमाउने माध्यम बनेको छ । आउनुहोस्, थाहा पाऔं एउटा आइटम गीतको लागि नायिकाले कति रुपैयाँसम्म पारिश्रमिक लिने गर्दछन् । चित्राङ्गदा सिंहः एउटा आइटम गीतको लागि चित्राङ्गदा सिंहले १ करोड २८ लाखसम्म लिने गर्दछिन् ।     ज्याकलिन फर्नान्डिजः फिल्म ‘रमैया वस्तावैया’ फिल्मको आइटम गीत ‘जादू की झप्पी’ का लागि ज्याकलिन फर्नान्डिजले १ करोड ६० लाख रुपैयाँ लिएकी थिइन् ।   मलाइका अरोडाः चर्चित आइटम गीत ‘मुन्नी बदनाम हुई’ का लागि मलाइका अरोडाले दबंग फिल्मका निर्माताबाट २ करोड ६० लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।     सन्नी लियोनः ‘रागीनी एमएमएस’ फिल्मको ‘बेबी डल’ नामक आइटम गीतका लागि सन्नी लियोनले ३ करोड ६० लाखको मोटो रकम पारिश्रमिकस्वरुप लिएकी थिइन् ।   मल्लिका शेरावतः आइटम गीत ‘जलेबी बाई’ का लागि मल्लिका शेरावतले ३ करोड ६० लाख पारिश्रमिक लिएकी थिइन् ।   कट्रिना कैफः ‘अग्निपथ’ फिल्मको ‘चिकनी चमेली’ भन्ने आइटम गीतका लागि पाँच करोड ६० लाख रुपैयाँ पारिश्रमिक लिएकी छिन् ।   करिना कपुरः करिना कपूरले ‘हलकट जवानी’ आइटम गीतको लागि ८ करोड रुपैयाँ लिएकी छिन् ।   प्रियंका चोपडाः प्रियंका चोपडाले फिल्म ‘रामलिला’ मा ‘राम तेरी लिला’ का लागि ६ करोड ६० लाख रुपैयाँ लिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप