बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जब मुटु नभएकी पत्रकारले दुर्घटनाका घाइतेसँग अन्तर्वार्ता लिइन्

आइतबार, ३० साउन २०७३, १५ : ५२
आइतबार, ३० साउन २०७३
दक्षिण अमेरिकामा एउटा निकै अचम्मको भिडियो सार्वजनिक भएको छ । यो भिडियामा एक महिला पत्रकारले दुर्घटनामा सख्त घाइते भएका एक व्यक्तिलाई मद्दत गर्नुको साटो अन्र्तवार्ता लिइरहेको देखिएको छ । द सनका अनुसार, बाइकमा सवार एल सालभाडोरको बाटोमा बाइकमा हुइँकिरहेका एक व्यक्तिलाई ट्रकले ठक्कर दिएको थियो । घटनास्थलमा रिपोर्टिङ गर्न पुगेकी न्यूज च्यानलकी महिला पत्रकारले त्यति नै बेला उनलाई सहयोग गर्नुको साथ एक पछि अर्को गर्दै प्रश्नहरु तेर्साइन् । [caption id="attachment_71210" align="alignleft" width="840"] Reporter interviews dying man who'd just been run over on live TV in El Salvador[/caption] ट्रकले ठक्कर दिएपछि सडकमा लडेका ती व्यक्ति पीडाले छट्पटिरहेका थिए तर ती घाइते व्यक्तिलाई अस्पताल पुर्याउन सहयोग गर्नुको साटो ती पत्रकारलाई समाचार बनाउन बितेको थियो । भिडियोमा देखिए अनुसार ती व्यक्तिले बारम्बार आफूलाई ठक्कर दिएको र निकै पीडा भइरहेको बताइरहेका छन् । तर यता ती पत्रकारले भने अचम्मको प्रश्न सोधिरहेको देख्न सकिन्छ । उनले सोधिन्, ‘ के तिमीले ट्रक आइरहेको देखेनौ ?’ यसको प्रश्न ती युवकले निकै गाह्रो गरी दिए । [caption id="attachment_71211" align="alignleft" width="840"] Reporter interviews dying man who'd just been run over on live TV in El Salvador[/caption] ती घाइते युवकको गहिरो चोटका कारण मृत्यु भएको बुझिएको छ । तपाईं पनि हेर्नुहोस्, यी पत्रकारको लाइभ रिपोर्टिङः  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप