सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओली सरकारले घोषणा गरेको तहगत निर्वाचनको कार्यतालिकालाई कार्यान्वयन गर्नुपर्नेमा एमालेको जोड

आइतबार, ३० साउन २०७३, २२ : १२
आइतबार, ३० साउन २०७३

काठमाडौँ –नेकपा एमालेले नयाँ सत्ता समीकरणसँगै तहगत निर्वाचन सम्पन्न गर्ने कुरामा उदासीनता देखिएकोेप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आइतबार बसेको स्थायी कमिटीको बैठकपछि पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले राजनीतिक तथा संवैधानिक रिक्तता उत्पन्न गर्ने षड्यन्त्रप्रति सजग रहन आम समुदायलाई अपिल गर्दै अघिल्लो सरकारले घोषणा गरेको तहगत निर्वाचनको कार्यतालिकालाई कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको जानकारी दिए ।

पार्टी प्रमुख प्रतिपक्षमा भएपछि पहिलोपटक बसेको स्थायी कमिटी बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको छलफलको कार्यसूची, मुलुकको समसामयिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कामका बारेमा समेत छलफल भएको थियो । बैठकमा छलफलका लागि विगतका कामको समीक्षा, पोलिटव्युरो र केन्द्रीय कमिटीको बैठकको मिति निर्धारण, स्थानीय तहको पुनःसंरचनाबारे पार्टीको धारणा, पार्टीका प्रदेश कमिटीको पूर्णता कार्यसूची रहेको छ ।

त्यस्तै, कार्यसूचीमा सल्लाहकार परिषद्मा सदस्य थप, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, पार्टीको आगामी कार्ययोजना, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन र पार्टी प्रवेश गरेकाको जिम्मेवारी व्यवस्थापनसम्बन्धी विषय पनि रहेको छ । बैठक सोमबार बिहान ११ बजे फेरि बस्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप