बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सन् १९४७ का अति दुर्लभ भयानक तस्बिरहरु जसले भारत पाकिस्तानको डरलाग्दो विभाजन दर्साउँछ

सोमबार, ३१ साउन २०७३, १० : १४
सोमबार, ३१ साउन २०७३
बेलायतको शासनबाट उन्मुक्ति पाएपछि भारत दुई देशमा विभाजित भयो (भारत र पाकिस्तान) । त्यतिबेला २ करोड ५० लाख मानिसहरु आफ्नो नयाँ ठाउँमा बसाईं सरेका थिए । बसाईं सराईको स्थिती निकै अराजक थियो । सीमा तोकिएपछि बसाईं सरिरहेका मानिसहरुमाथि ठूलो बज्रपात आइलाग्यो । दबाब, क्रुरता र धार्मिक दङ्गाका कारण यो समयलाई यी दुई देशको कालो धब्बाको रुपमा इतिहासमा बयान गरिएको छ । मानिसहरुले कति दुख, सास्ती र हन्डर खानुपर्यो त्यो शब्दमा बयान गर्न मुश्किल छ । यद्यपी यहाँ यस्ता तस्बिरहरु दिइएका छन् जसले सीमा पार गर्न खोज्ने मानिसहरुको डरलाग्दो स्थिती वर्णन गर्दछ । १. लाखौं मानिसहरु आफ्नो जीवन पुनः सुचारु गर्ने यात्रामा २. पारिवारको छोरासँगको बिछोड ३. आँसुले भरिएको एउटा कोठा ४. अस्थायी जीवनको लागि अस्थायी प्रयास ५. अनगिन्ती शव पुरिँदै ६. काखे बालकको साथमा एक महिला सोचमा हराउँदै ७. गिद्धले मानिसको शव लुछ्दै ८. एक कमजोर व्यक्तिले अशक्त महिला बोक्दै ९. जीवनबाट पन्छाइएको १०. आत्मा धुलोमा परिणत हुँदै ११. रगत र आँखुको पोखरी १२. मानिसहरु बसाईं सरे तर यी सामानहरु यतै छोडिए १३. सास फेरिरहेका मृत मानिसहरु १४. अज्ञात भविष्यको यात्रा १५. हज्जारौं मानिसहरु रेलको यात्रामा १६. वृद्धालाई काँधमा बोकेर हिँड्दै १७. उत्तर पश्चिमको एक रेलले लाखौं मानिसहरुको आशा बोक्दै १८. जब जीवनले नै साथ छोड्यो १९. तिनीहरुको काँधमा भारी भएको जीवन २०. आफूसँग भएको खानेकुराको जोहो गर्दै २१. जीवनको अर्को पाटो २२. थकाइले उनीहरुलाई घुँडा टेकायो २३. विपत्तिका अवशेषहरु सडकमा २४. नयाँ ठाउँको यात्रा २५. विभाजनको अराजकता बताउने यो तस्बिर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप