बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बोल्टले रचे इतिहासः १०० मिटरको दौडमा लगातार तेस्रो पटक स्वर्ण पदक

सोमबार, ३१ साउन २०७३, १० : ३४
सोमबार, ३१ साउन २०७३
  रियो डी जेनेरियो । सदाबहार महान एथलेटको दर्जा प्राप्त गरिसकेका जमइकाका उसेन बोल्टले आइतबार रियो ओलम्पिकको १०० मिटर दौडको प्रतिस्पर्धामा विजयी भएका छन् । बोल्टले लगातार तेस्रो पटक यो प्रतिस्पर्धा बाजी मारेका हुन् । बेइजिङ (सन् २००८) र लण्डन (सन् २०१२) मा यो उपाधि हात पारिसकेका बोल्टले ओलम्पिक स्टेडियममा ९.८१ सेकेन्डसँगै पहिलो स्थान हाँसिल गरे जबकी अमेरिकाका चर्चित जस्टिन गाटालिनले ९.८९ सेकेन्डसँगै दोस्रो स्थान हाँसिल गरेका छन् । यस्तै गरी क्यानडाका आन्द्रे ग्रासेले ९.९१ सेकेन्डसँगै आफ्नो देशको लागि १०० मिटरमा पहिलो पदक जित्न सफल भएका छन् भने जमैकाका योहान ब्ल्याक चौथो स्थानमा रहेका छन् । सुरुवाती ५० मिटरसम्म गाटलिन अगाडि बढिरहेको थिए भने पछिको ४० मिटरमा बोल्टले आफ्नो जादु देखाए र पाँच मिटर बाँकी रहेका बेला गाटलिन शीर्ष स्थानमा आउन सफल भए । बोल्टले आफ्नो छाती पिट्दै आफ्नो जीतको घोषणा गरे । जीतपछि बोल्टले बीबीसीलाई भने, ‘मैले आशा गरे सरह छिटो दौडन सकिनँ, तर म खुसी छु कि मैले बाजी मारें । म यहाँ प्रर्दशनको लागि आएको हुँ । मैले जे गर्नु थियो त्यो मैले गरे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप