बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बलिउडका शाही विवाह जसलाई मानिसहरु अहिलेसम्म याद गर्छन्

सोमबार, ३१ साउन २०७३, ११ : २४
सोमबार, ३१ साउन २०७३
बलिउड सेलिब्रिटीका हरेक कुरा विशेष हुन्छन् । उनीहरुको घरमा संसारभरका मानिसहरुको नजर अडेको हुन्छ । विशेषगरी यदि विवाहको कुरा गर्ने हो भने कोही सेलिब्रिटी लुकीछुपी विवाह गर्छन् भने कसैले निकै तामझामका साथ आफ्नो विवाह सम्पन्न गर्दछन् । आज हामी तपाईंलाई बलिउड सेलिब्रिटीका यस्तै विवाह बारे कुरा गर्दैछौं जसलाई अहिले पनि मानिसहरु सम्झने गर्दछन् । अभिषेक ऐश्वर्याः बलिउडमा चर्चित विवाहको कुरा हुँदा सबैभन्दा पहिले अभिषेक ऐश्वर्याको नाम आउँछ । यी दुईको विवाहमा धेरै मानिसहरु त आएनन् तर यो यति धेरै चर्चित भयो कि यो भारतको राष्ट्रिय समारोह भयो । भारतीय मिडियाको क्यामरा तीन दिनसम्म अमिताभको घर बाहिर २४ घण्टा तैनाथ थिए । उनीहरुको विवाहमा करोडौं रुपैयाँ खर्च गरिएको बताइएको छ । स्रोतका अनुसार ऐश्वर्यालाई १५ किलो सुन र निकै महंगा उपहार दिइएको थियो । करिना कपुर र सेफ अली खानः हुन त करिना र सेफले अदालतमा विवाह गरेका थिए, उनीहरुको विवाह पनि भारतलगायत संसारभरी चर्चाको विषय बन्यो । विवाहको रिसेप्सनका लागि उनीहरुले एक पाँचतारे होटलाई हेलिप्याडको साथमा बुक गरेका थिए । जेनेलिया डि सुजा, रितेश देशमुखः जेनेलिया डि सुजा र रितेश देशमुखको हाई प्रोफाइल विवाहमा राजनीतिक व्यक्तित्वका साथै बलिउडका निकै चर्चित हस्तीहरु समावेश थिए । उनीहरुको विवाह हिन्दु र क्रिष्चियन दुबै तरिकाबाट भएको थियो । उनीहरुको विवाहमा करिब ४० करोड रुपैयाँ खर्च भएको बताइएको छ । शिल्पा सेट्ठी, राज कुन्द्राः शिल्पा सेट्ठी र राज कुन्द्राको विवाह कुनै ‘फेयरी टेल’ भन्दा कम थिएन । उनीहरुको विवाह भारतस्थित खंगालाको फार्म हाउसमा निकै शानदार तरिकाले भएको थियो । विवाहमा शिल्पाले ८० लाखको साडी लगाएकी थिइन् भने उनले लगाएको गहनाको मूल्य ४ करोड ८० लाख थियो । यसैकारणले पनि उनीहरुको विवाहले निकै चर्चा पाएको थियो । आसिन र राहुलः बलिउड अभिनेत्री आसिन र माइक्रोम्याक्सका सीइओ राहुलले यही वर्ष विवाह गरेका हुन् । उनीहरुको विवाह पनि निकै शानदार तरिकाले भएको थियो । राहुलले आसिनलाई ९ करोड ६० लाखको औंठी उपहार दिएर विवाहको प्रस्ताव गरेका थिए । विवेक ओबरोय, प्रियंकाः विवेक ओबरोय र प्रियंकाको विवाह पनि निकै शानदार किसिमले भएको थियो । उनीहरुको विवाहको मण्डपमा इटली र चेकोस्लोभाकियाबाट २५ हजार सर्वोस्की क्रिष्टल सजाइएका थिए । यो शाही विवाहमा करोडौं रुपैयाँ खर्च गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप