बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

८ खानेकुरा जसलाई तपाईंले कहिले फ्रिजमा राख्नुहुँदैन

सोमबार, ३१ साउन २०७३, १२ : ०३
सोमबार, ३१ साउन २०७३
फ्रिज हाम्रो जीवनको एक अभिन्न अंगसरी भइसकेको छ । हामी फ्रिजमा खानेुकराहरु धेरै समयसम्म नबिग्रिओस् भनेर राख्ने गर्दछौं । तर हामीले उपयोग गर्ने खानेकुराहरु यस्ता पनि छन् जसलाई फ्रिजमा राख्दा झन् बिग्रिन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं । आलुः आलूलाई कहिले पनि फ्रिजमा राख्नुहुँदैन । चिसो तापक्रममा आलू राख्दा स्टार्च सुगरमा परिवर्तन हुने गर्दछ । त्यसकारण आलुलाई फ्रिजमा भन्दा बाहिर नै राख्दा राम्रो हुन्छ । प्याजः प्याज चिसो हुन्छ । यसलाई फ्रिजमा राख्दा यो झन् बिग्रने गर्दछ त्यसकारण प्याजलाई सधैं सुख्खा र अँध्यारो स्थानमा राख्न जरुरी छ । पाउरोटीः पाउरोटी चाँडै खराब हुन्छ भन्ने डरले हामी यसलाई फ्रिजमा राख्ने गर्दछौं । तर के तपाईंलाई थाहा छ, फ्रिजमा राखेको पाउरोटी निकै चाँडो सुख्खा हुन्छ ? महः महलाई राम्रो तरिकाले सील गरेर राखिएको छ भने त्यसलाई फ्रिजमा राख्न आवश्यक छैन । फ्रिजमा मह राख्ने बित्तिकै यसमा क्रिष्टल बन्न सुरु हुन्छ । अचारः अचारमा भेनेगरको मात्रा बढि हुन्छ त्यसकारण यसलाई फ्रिजमा राख्नुहुँदैन । फ्रिजमा अचार राख्दा अरु सामान पनि खराब हुन्छन् । गोलभेडाः गोलभेडालाई फ्रिजमा राख्दा चिसो हावाले गोलभेडाको भित्रको झिल्ली टुट्ने गर्दछ जसले यो नरम हुने गर्दछ । यसलाई फ्रिजमा राख्नुको साटो बाहिर राख्दा नै राम्रो हुन्छ । लसुनः फ्रिजभित्र राखेको लसुन उम्रिन थाल्छ । फ्रिजमा राख्नाले लसुन रबर जस्तै हुन्छ त्यसकारण यसलाई चिसो र सुख्खा ठाउँमा राख्नुहोस् । कफीः यदि तपाईंले कफीलाई फ्रिजमा राख्नुभयो भने यसले आफ्नो स्वाद गुमाउँछ र फ्रिजको गन्धलाई आफूमा समावेश गर्दछ । तपाईंले कफीलाई चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप