बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अचम्मः यो कुवाको पानी जसले छुन्छ त्यो ढुङ्गा बन्छ (भिडियोसहित)

सोमबार, ३१ साउन २०७३, १३ : ३६
सोमबार, ३१ साउन २०७३
बाँच्नका लागि पानी अपरिहार्य छ । स्वस्थ रहन दिनमा तीन लिटर पानी पिउनुपर्ने डाक्टरहरु सल्लाह दिन्छन् । तर अमृतरुपी पानी नै हाम्रो शरिरको लागि विष साबित भए, के होला । हो, एक कुवाको पानी मानिसहरु पिउन त के, छुनसम्म पनि डराउँछन् किनभने यो छुँदा ढुङ्गा बन्ने डर छ । अडीटी सेन्ट्रलका अनुसार जो पनि यो कुवाको पानीको सम्पर्कमा आउँछन्, त्यो पत्थरमा परिणत हुन्छ । बेलायतको Knaresborough रहेको यो कुवालाई स्थानीय मानिसहरु दैत्यको कुवा मान्छन् । यो कुवामा खस्ने पातदेखि लठ्ठी अथवा केही जीव नै किन नहोस्, खसेको केही समय पछि नै ढुङ्गामा परिणत हुन्छ । निद नामक नदीको किनारामा रहेको यो अचम्मको कुवाको पानी छुन धेरैजसो मानिसहरु डराउँछन् । मानिसहरुको भनाई अनुसार यदि कुनै पनि चीज यो कुवाको सम्पर्कमा आउँछ, त्यो ढुङ्गा बनिहाल्छ । यहाँ आउने पर्यटक आफ्ना केही सामान यहाँ छोड्छन् र केही समय पछि त्यो ढुङ्गामा परिणत भएको पनि हेर्न आउँछन् । यहाँ अहिलेसम्म् पनि १८ औं शताब्दिको भिक्टोरियन टप ह्याटजस्ता सामानहरु देख्न पाइन्छ । मानिसहरुले त्यहाँ छोडेको टेडी बियर, साइकल, किट्लीजस्ता सामानहरु अहिले पूर्ण रुपमा ढुङ्गामा परिणत भइसकेको छ । दैत्यको कुवा नाम पाएको यो कुवाको इतिहास भने भिन्न छ । Henry VIII को पुरातात्विक विभागमा काम गर्ने जोन लेल्याण्डले यो कुवाको बारेमा निकै सकारात्मक सन्दर्भ उल्लेख गरेका छन् । सन् १५३८ मा उनले यो कुवामा चमत्कारिक चिकित्सा गुण भएको लेखेका छन् । विभिन्न रोग निको पार्नका लागि यो कुवामा धेरै मानिसहरुले नुहाएका थिए । सन् १६०० ताका एक चिकित्सकले यो कुवाको पानीको नमूना परिक्षण गरे र उनले पानीमा शरिरको कुनै पनि प्रवाहको उपचार गर्ने गुण भएको निष्कर्ष निकाले । तर बिस्तारै त्यहाँका मानिसहरुले कुवाको वरिपरि रहेको सामान ढुङ्गामा परिणत भएको देखे, त्यतिबेलादेखि नै कुवाको नराम्रो छाप परेको छ । शाही जङ्लमा अवस्थित यो कुवा रहेको स्थानलाई राजा चाल्र्स I ले त्यहाँका स्थानीय सर चाल्र्स स्लिङ्ग्बीलाई बेचिदिए । त्यतिबेलादेखि नै उक्त कुवा निकै चर्चित बन्यो जसका कारण स्लिङ्ग्बीले त्यहाँ घुम्न आउने पर्यटकसँग शुल्क उठाउन सुरु गरे । अहिले यो बेलायतको सबैभन्दा बढी पर्यटक आउने स्थानको रुपमा विकसित भएको छ । आधुनिक वैज्ञानिकहरुले यो कुवाको पानी परिक्षण गरेका छन् । वैज्ञानिकका अनुसार त्यहाँको पानीमा मिनरलको मात्रा धेरै भएका कारण यसको सम्पर्कमा आउने कुनै पनि वस्तुको आवरणमा मिनरल लाग्ने भएका कारण यो कडा हुन्छ । जति धेरै समय बित्यो त्यति नै धेरै यी वस्तुहरुमा मिनरलको मात्रा बढ्ने भएका कारण यो केही समयपछि पूरै ढुङ्गामा परिणत हुने गर्दछ । वास्तवमा यहाँको पानीमा क्याल्साइटको मात्रा बढी भएका कारण पर्यटकलाई यो पिउन निषेध गरिएको छ । पानीको निरन्तर सम्पर्कमा आइरहोस् भन्नका लागि यहाँ मानिसहरुले विभिन्न उपाय अपनाई टेडी बियरहरु झुण्डाउने गर्दछन् । पूर्ण रुपमा ढुङ्गामा परिणत भएपछि यसलाई पसलमा बेच्नको लागि राखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप