बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जब सुटिङ गर्दागर्दै वास्तविक रुपमै इन्टिमेट भए यी कलाकार

सोमबार, ३१ साउन २०७३, १५ : ३२
सोमबार, ३१ साउन २०७३
हामीले फिल्ममा देख्ने धेरैजसो सम्भोगका दृश्यहरु वास्तविक हुँदैनन् । तर यस्ता केही फिल्महरु पनि छन् जहाँ वास्तविक रुपमा नै नायक/नायिकाहरुले सम्भोग गरेका छन् । कलाकारहरु वास्तविक रुपमा एक अर्कासँग इन्टिमेट भएका १२ फिल्मबारे यहाँ जानकारी दिइँदैछ । हेर्नुहोस्ः १. नाइन संग्स सन् २००४ मा रिलिज भएको नाइन सङ्ग्स एउटा रोमान्टिक मुभी हो । यसलाई माइकल विन्टरबटमले निर्देशन गरेका हुन् । ८ वटा रक ब्यान्डले गाएको नौंवटा गीतहरुबाट फिल्मको टाइटल तानिएको थियो । किइर्यान ओब्रिन र मार्गो स्टिलीबिच भएको वास्तविक सम्भोगको दृश्य समावेश गरिएका कारण फिल्म निकै विवादास्पद बनेको थियो । फिल्मको कहानी एक पुरुषको हो जो बेलायतमा एक अमेरिकी महिलासँग भेट्छन् र प्रेम गर्न थाल्छन् । २. लभः ग्यास्पर नोइद्वारा निर्देशित ‘लभ’ फिल्म एक फ्रेन्च ड्रामा हो । यो फिल्म मर्फी नामक एक स्कूले विद्यार्थी र उनकी पूर्व प्रेमिका इलेक्ट्राको वरिपरि घुमेको छ । अर्की महिला ओमीसँग सम्भोग गर्नुपूर्व यी दुबैको दुई वर्ष प्रेम चलेको थियो । थ्रीडीमा रहेको यो फिल्म सन् २०१५ को कान्स फिल्म फेस्टिबलमा समावेश गरिएको थियो । फिल्मको सबै सेक्स सिन वास्तविक हो । ३. चत्रक (बंगाली फिल्म) सन् २०१३ फेब्रुअरी ६ मा रिलिज भएको यो फिल्ममा ‘हेट स्टोरी’ फेम पाउली डेमले अनुब्रत बसुसँग दिएको इन्टिमेट सिन वास्तविक हो । बंगाली फिल्म इन्डष्ट्रिले उनीहरुबिचको यो वास्तविक दृश्यमा निकै आपत्ति जनाएको थियो । श्रीलङ्काली निर्देशक विमुक्ति जयसुन्द्राले निर्देशन गरेको यो फिल्मको स्क्रिनिङ ६४ को कान्स फिल्म फेस्टिबलमा गरिएको थियो । ४. इन्टिमेसीः सन् २००१ मार्च २८ मा रिलिज भएको इन्टिमेसी एक बेलायती फिल्म हो । फिल्म दुई अपरिचितको कहानीमा आधारित छ जो सेक्सुअल ग्रेटिफिकेसनका लागि साप्ताहिक रुपमा भेट्छन् । यही क्रममा दुबैजना एक अर्कासँग सहज हुन्छन् र उनीहरुबिच माया बस्छ । यस फिल्ममा सुट गरिएका सबै सेक्स सिनहरु वास्तविक हुन् । ५. गान्डुः सन् २०१० मा बनको यो फिल्ममा भएको सेक्स सिनका कारण यसलाई रिलिज हुनबाट बञ्चित गरियो । फिल्ममा गान्डुको भुमिका अनुब्रत बसुले निभाएका थिए । ६. अ रियल योंग गर्ल सन् १९९९ अप्रिल २८ तारिखमा रिलिज भएको यो फिल्मको कहानी एक १४ वर्षीया स्कूले विद्यार्थीको सेक्सुअल अवेकनिंगको हो । एलिस नामकी यी युवती एक युवकसँग सेक्स गरिरहेको देख्न सकिन्छ जसलाई उनका पिताले भाडामा लिएका थिए । यो दृश्य पनि वास्तविक भएको बताइएको छ । ७. अल अबाउट एन्नाः सन् २००५ को २४ नोभेम्बरमा रिलिज भएको डच मुभी एन्ना नामकी एक महिलाको हो जो प्रेमीबाट धोका पाएपछि प्रेम नै नगरी शारिरिक सम्पर्क बनाउँदै हिँड्छिन् । यो फिल्मको थुप्र्रै सेक्स सिन वास्तविक हुन् । ८. बैसे –मोइ फ्रेन्च क्राइम थ्रिलरको यो फिल्म सन् २००० को २८ जुनमा रिलिज भएको थियो । फिल्म डेसपेन्ट्सको नोभलमा आधारित छ । यस फिल्म दुई महिलाको हो जो सामूहिक बलात्कारका शिकार हुन् । उनीहरु आफू बलात्कृत भएपछि अपराधको बाटोमा लाग्छन् । फिल्ममा देखाइएको थुप्रै सेक्स सिन वास्तविक हो । ९. एनाटोमी अफ हेल फ्रेन्च इरोटिक ड्रामा यो फिल्म सन् २००४ को २४ जनवरीमा रिलिज भएको थियो । फिल्मको कहानी एउटा यस्तो महिलाको हो जसलाई समाजभन्दा बाहिर एउटा एकान्त ठाउँमा छोडिन्छ । उनी चार दिनसम्म एक ‘गे’ सँग शारिरिक सम्बन्ध राख्छिन् । १०. इन द रियलम अफ सेन्सेजः १५ सेप्टेम्बर सन् १९७६ मा सिलिज भएको फ्रेन्च जापानी फिल्म को कहानी एक ‘साइको किलर’ महिलाको हो जो शारिरिक सम्बन्ध बनाएपछि आफ्नो पार्टनरलाई मारिदिन्छिन् । ११. स्कारलेट डिभाः इटालियन फिल्म ‘स्कारलेट डिभा’को रिलिज सन् २००० को २६ मे मा भएको थियो । यो फिल्मको कहानी लागुपदार्थको नशामा डुबेकी एक महिलाको हो जो एक संगीतकारसँग प्रेम गर्न थाल्छिन् र गर्भवती हुन्छिन् । यो फिल्ममा देखाइएको धेरैजसो सेक्स सीनहरु वास्तविक छन् । १२. रोमान्सः सन् १९९९ को अप्रिल १४ मा रिलिज भएको क्यानडियन फिल्म एक महिला र पुरुषको हो जो एक अर्कासँग निकै प्रेम गर्दछन् । फिल्ममा सुट गरिएको थुप्रै सेक्स सीन वास्तविक हुन् । १३. सर्टबसः अमेरिकन इरोटिक ड्रामा सन् २००६ को जून १२ मा रिलिज भएको थियो । यो फिल्मको कहानी एक समलिङ्गी जोडी जेम्स र जेमीका साथै एक महिला थेरापिष्ट सोफियाको वरिपरि घुम्छ । फिल्ममा केही शारिरिक सम्बन्ध बनाएका सिनहरु छन् जुन वास्तविक हुन् । १४. लाइ विद मिः सन् २००५ को नोभेम्बर ११ तारिखका दिन रिलिज भएको क्यानेडियन ड्रामा तमारा बर्गेरको नोभलमा आधारित छ । यो फिल्मको कहानी एक महिला र पुरुषको वरिपरि घुम्ने गर्दछ जो टोरोन्टोमा एक इन्टेन्स अफेयरको क्रममा नजिक हुन्छन् । फिल्मका केही दृश्य ग्राफिक्सले तयार गरिएको छ भने कुनै वास्तविक पनि छन् । १५. लभ एक्चुअल्ली सक्सः ३ मार्च सन् २०१२ मा रिलिज भएको चीनियाँ फिल्म वास्तविक घटनाबाट प्रभावित छ । यो फिल्ममा प्रेमका ती भिन्न भिन्न कथाहरुलाई देखाइएको छ जुन कुनै न कुनै कारणले गलत साबित हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप