बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रियो ओलम्पिकः पदक वितरण समारोह रोकेर विवाहको प्रस्ताव, थाहा पाउनुस् त्यसपछि के भयो

सोमबार, ३१ साउन २०७३, १६ : ४५
सोमबार, ३१ साउन २०७३
रियो डे जेनेरियो । मानिसहरुले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षणलाई अविष्मरणीय बनाउनका लागि भिन्न र रोचक तरिका अपनाउने गर्दछन् । हो, यस्तै तरिका अपनाएका छन् एक व्यक्तिले त्यो पनि संसारको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता रियो ओलम्पिकमा । आइतबार चीनियाँ डाइभर हि जीले महिलाको तीन मिटर स्प्रिङबोर्ड प्रतियोगितामा रजत पदक हाँसिल गर्न सफल भइन् । यसका साथै उनले आफ्नो प्रेमीबाट अर्को पुरस्कार पनि जितेकी छिन् । संसारभरीका टेलिभिजन दर्शकका अगाडि घुँडा टेकेर उनका प्रेमीले उनलाई विवाहको प्रस्ताव गरे । पुरुषको तीन–मिटर सिङ्क्रोनाइज्ड स्प्रिङबोर्डमा गत हप्ता कास्य पदक जित्न सफल क्विन भाग्यमानी ठहरिए । उनलाई प्रेमिका हि जिले ‘यश’ भनिन् । ‘हामी विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा छौं । तर उनले यसरी प्रस्ताव राख्लान् भन्ने मैले सोचेको थिइन, ’ उनले बीबीसीलाई भनिन्, ‘उनले मलाई धेरै कुरा भनेका छन्, मसँग थुप्रै बाचा कसम गरेका छन् । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने मलाई लाग्छ यी ती एक्ला व्यक्ति हुन् जसलाई म मेरो बाँकी जीवनभर विश्वास गर्न सक्छु ।’ उनको यो आश्चर्यचकित पारिदिने प्रस्तावले उनले जितेको पदक फिक्का भएको त्यहाँका उपस्थित दर्शकले बताए । सानो मखमली बक्स बोक्दै घुँडा टेकेर क्विनले हि जिलाई प्रस्ताव गरे । यो देखेर हि जिको आँखा खुसीले भरिए र छचल्किए पनि । उनले ओलम्पिकको रजत पदक बोकेको हातले नभई दाहिने हातले आफ्नो मुख छोपिन् । त्यसपछि उनी उभिए र उनको रिंग फिंगरमा औंठी लगाइदिए । उनीहरुले एक अर्कालाई अंगालो हालेको तस्बिरले संसारको ध्यान आकर्षित गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप