सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शारदा नदीले बगाउँदा एकको मृत्यु

मङ्गलबार, ३२ साउन २०७३, १० : २१
मङ्गलबार, ३२ साउन २०७३

सल्यान– सल्यानमा शारदा नदीले बगाउँदा एकजनाको मृत्यु भएको छ । वागचौर नगरपालिका–२ शेराचौर घर भएका ६१ वर्षीय कुलबहादुर वलीलाई नदीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वागचौर नगरपालिका–८ कोटवाराबाट घर फर्कने क्रममा सोमबार साँझ बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता भएसँगै इलाका प्रहरी कार्यालय थारमारेबाट गएको टोलीले र स्थानीयवासीले खोजी सुरु गरेका थिए ।

बेपत्ता भएका वलीको शव मङ्गलबार बिहान वाँझकाँडा गाविसको ज्यामिरेमा फेला परेको इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी सहायक निरीक्षक पर्शुराम चौधरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप