बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चिडियाघरका कर्मचारीलाई चितुवाको आक्रमणबाट बाघले यसरी बचायो

मङ्गलबार, ३२ साउन २०७३, १० : ४३
मङ्गलबार, ३२ साउन २०७३
एउटा बाघले चिडियाघरका एक कर्मचारीलाई चितुवाको आक्रमणबाट बचाएको छ । एड्वारर्डो सेरियो सिंहको एक समूहसँग ब्ल्याक जाग्वर ह्वाइट टाइगर नामक चिडियाघरमा खेलिरहेका थिए । त्यतिबेलै उनलाई पछाडिबाट एक चितुवाले आक्रमण गर्नको लागि दौडदैं आयो । धर्मा नामक चितुवा चिडियाखानाका कर्मचारी विरुद्ध एक्कासी जाइलाग्न थाल्यो । उनी आफू पछाडिको खतरासँग अनभिज्ञ थिए । तर त्यसको केही सेकेन्डमा नै अज्तलान नामक बाघले धर्मामाथि आक्रमण गर्दै ती कर्मचारीलाई आक्रमण गर्नबाट रोक्यो । मेक्सीको सिटीस्थित बिग क्याट जु मा खिचिएको यो नाटकीय क्लिपलाई सन् २०१५ मा युट्युबमा हालियो । यसको टाइटल "The Kids Playing. Aztlan Saved Me From Dharma's Attack." रहेको छ । रेडिटमा पोष्ट गरिएपछि यो फुटेज निकै भाइरल भएको छ । तर कोही व्यक्तिले भने उक्त बाघले सेरियोलाई बचाएको भन्नेमा शंका जताएका छन् । म्याभिन मार्कले युट्युबमा लेखेका छन्, ‘मूर्ख नहुनुहोस् । अज्तलान नामक त्यो ठूलो बाघले एउटा मानिसलाई नियतवश बचाएको होइन । त्यो चितुवाजस्तै खेल्न चाहन्थ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप