सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेविसंघको निर्वाचन कार्यतालिका फेरि परिवर्तन गरियो

मङ्गलबार, ३२ साउन २०७३, १० : ५९
मङ्गलबार, ३२ साउन २०७३
काठमाडौं– नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनको निर्वाचन कार्यतालिकामा फेरि परिवर्तन गरिएको छ । यसअघि पनि पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरिसकेको निर्वाचन समितिले अन्तिम पटक मनोनयन दर्ताको कार्यतालिका परिवर्तन गरेको हो । यअसघि मनोनयन दर्ताको कार्यतालिका मंगलबार बिहान ११ बजेसम्मको लागि तोकिएकोमा अहिले एक घण्टा थप गरेर १२ बजेसम्म पुर्याएको हो । निर्वाचन समितिका संयोजक भरत खरेलले प्राविधिक कारणबस मनोनयन दर्ताको समय एक घण्टाको लागि थपिएको जानकारी दिए । शीर्ष तहमा भएको सहमतिअनुसार नेविसंघको नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप