सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विप्लव माओवादीमा चन्दा उठाउने प्रतिस्पर्धा !

मङ्गलबार, ३२ साउन २०७३, ११ : २३
मङ्गलबार, ३२ साउन २०७३

उदयपुर– जनवादी क्रान्ति गर्ने भनेर मोहन वैद्य सँग सम्बन्ध विच्छेद गरेको नेपाल कम्युनिष्ट पार्टी माओवादी बिप्लब समूह उदयपुरमा आर्थिक सहयोग कसले बढि उठाउने भनेर प्रतिस्पर्धा भएको छ । जिल्लामा पार्टी सेक्रेटरी केदार कुमार राई र जिल्ला नेता सुदिप शर्मा विचको आर्थिक विवाद प्रेस विज्ञप्ती जारी गरि कार्वाहीको चरणमा प्रवेश गरेको हो । विभिन्न सामुदायिक वन उपभोक्ता समूह, उपभोक्ता समिति, निजी विद्यालय र सरकारी तथा गैरसरकारी कार्यालयहरु लगायतमा कस्ले रकम पहिला उठाउने भन्ने विवादमा राई समूहले शर्मा समूहलाई कार्वाही गरेपछि आर्थिक विवाद सतहमा आएको छ ।

राई समूहले सोमबार एक विज्ञप्ती जारी गर्दै पार्टी निति तथा हितविपरित चन्दा उठाएको भन्दै पार्टी सदस्य सुदिप शर्मालाई कारबाही गरेको जनाएको छ । माओवादीको कार्यालय सचिव अमृत खत्रीद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा पार्टी सदस्य शर्माले पार्टीको नाममा विभिन्न गतिविधि गरि संगठनलाई बदनाम गर्ने काम गरेकाले पार्टी सदस्यबाट छ महिनाको लागि निलम्बन गरिएको उल्लेख गरेको छ । विज्ञप्तीमा शर्माले विभिन्न ब्यक्तिहरुसंग मोटरसाइकल चालक अनुमति पत्र बनाइ दिन्छु भन्दै रकम असुलेको र नक्कली लाइसेन्स दिने गरेको, नेपाल प्रहरी र विद्युत प्राविधिकरणमा जागिर लगाई दिन्छु भनि मोटो रकम असुलेकाले कारबाही गरेको जनाएका छन् ।

सोमवार बसेको जिल्ला पार्टीको बैठकले शर्मालाई कारबाही गर्ने निर्णय भएको जानकारी दिए । शर्माले विभिन्न ब्यक्ति समुहसंग आर्थिक संकलन गरि हिमाहिना मिना गरेको आरोप पनि लगाएका छन् । पार्टीद्धारा प्रकाशित विज्ञप्तीमा पार्टी निति विपरित काम गरेको बलम्ता सडकमा पनि अनियमित गर्ने ब्यक्तिको पक्षमा उभिएको लगायतको आरोप लगाएका छन । तर कार्वाहीमा परेका शर्माले व्यक्तिगत प्रतिशोधको कारण आफूलाई कार्वाही गरिएको बताएका छन । उनले भने ‘सेक्रेटरी राई सँग विभिन्न संस्था र ठेकेदारसँग उठाएको रकमको हिसाव किताव खोज्दा निष्कासन गरिएको हो ।’ सेक्रेटरी राईले पार्टी नाममा उठाएको रकमले मोटरसाईकल खरिद गरेको, विभिन्न व्यवसायमा लगानी गरेको र जग्गा समेत खरिद गरेको कुरा पार्टीमा उठाउदा आफूलाई अप्mठ्यारो पर्ने भएकाले कावार्हीको गरेको भनी विज्ञप्ती निकालेको शर्माले आरोप लगाए । शर्मा विप्लब माओवादीको युद्धकालिन कार्यकर्ता हुन भने राई पहिलो संविधान सभाको निर्वाचन पछि एमाले त्यागी एमाओवादी, बैद्य माओवादी हुदै विप्लब माओवादीमा प्रवेश गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप