सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ तोलामा ४ सय महंगियो

मङ्गलबार, ३२ साउन २०७३, ११ : ३०
मङ्गलबार, ३२ साउन २०७३

काठमाडौ–महिनाको अन्तिम दिन मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ महंगिएको छ । तीन दिनसम्म स्थिर रहेको सुनको भाउ महंगिएपछि कारोवार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५९ हजार ३ सय, तेजावी सुन ५९ हजार ५० रुपैयाँ र चाँदी ८ सय ९५ रुपैयाँ प्रतितोलामा कारोवार भइरहेको छ । अघिल्लो दिन भने छापावाल सुन तोलामा ५८ हजार ९ सय, तेजावी ५८ हजार ६ सय ५० र चाँदी ८ सय ९० रुपैयाँमा कारोवार भएको थियो । अहिले सुनको कारोवार हुने मुख्य सिजन रहेको भएपनि भाउ आकासिएकाले कारोवार हुननसकेको व्यवसायीको भनाइ छ । तीज नजिकिएकाले यो समय सुनको कारोवार बढ्ने सिजन हो । तर, अन्तर्राष्ट्रिय बजार भाउकै कारण नेपाली बजारमा पनि सुन महंगिएकाले कारोवार कम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप