बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सार्वजनिक शौचालयमा लेखिएको नम्बरमा मेसेज पठाएपछि...

मङ्गलबार, ३२ साउन २०७३, ११ : ३४
मङ्गलबार, ३२ साउन २०७३
यो परी कथाको रोमान्स जस्तो नहोला तर बेलायतका ५१ वर्षीय ट्रक ड्राइभरले आफ्नो जीवनको प्रेमलाई कसरी भेटे भन्ने कथा पक्कै पनि एउटा किताबको लागि उपयुक्त छ । पत्याउनुस् वा नपत्याउनुस्, एक व्यक्तिले सार्वजनिक शौचालयमा कोएिएको फोन नम्बरमा मेसेज पठाउँदा उनको घरबार बसेको छ । मार्क इलिस, पश्चिम योर्कसायरस्थित ब्रिगहाउसका ट्रक ड्राइभरले जसरी आफ्नी जीवनसाथी पाए, त्यसले सबैलाई अचम्मित बनाउँछ । अडीटी सेन्ट्रलका अनुसार एकदिन उनी साथीहरुसँग रक्सी खानका लागि ग्यारफथस्थित एक पबमा जाँदै थिए बाटोमै पर्ने सार्वजनिक शौचालयभित्र उनी छिरे । उनले आफ्नो काम गरिरहेका बेला शौचालयको भित्तामा उनले एउटा मेसेज देखे, ‘यदि तपाईं राम्रो यौन सम्पर्क चाहनुहुन्छ भने डोन्नालाई फोन गर्नुहोस्... (फोन नम्बर)’ । सुरुमा मार्कलाई यो निकै चाखलाग्दो लाग्यो त्यसकारण उनले त्यो अपरिचित नम्बरमा मेसेज पठाए, ‘हाई, के छ हालखबर ?’ ‘त्यो वास्तविक मानिसकै नम्बर थियो कि थिएन भन्ने विषयमा निकै उत्सुक थिएँ, ’ उनले द सन पत्रिकालाई बताए । ‘हामी अहिले पनि यो कुरा गरेर हाँस्छौं ।’ उनी त्यतिबेला अचम्मित भए जब डोन्नाले मेसेजको उत्तर ‘को हो ?’ भनेर फर्काइन् । उनीहरु त्यसपछि एक अर्कासँग कुराकानी गर्न थाले र तीन दिनपछि भेटे । अन्ततः उनीहरु एक अर्काको मायामा परे । कानुनी सचिवको रुपमा काम गर्ने डोन्ना रोबर्टले द सन लाई दिएको अभिव्यक्ति अनुसार मार्कले उनको नम्बर कसरी फेला परे भन्ने जानकारी धेरै पछि दिए । ‘सुरुमा त म यो कथा सुन्दा निकै आत्तिएको थिएँ तर यो काम पक्कै पनि मेरो पूर्व प्रेमीले गरेको हुनुपर्छ भन्ने ठानें । मैले मेरो पूर्व प्रेमीलाई धन्यवाद भन्नै पर्छ– उनले मेरो लागि ठूलो काम गरिदिए,’ उनले भनिन् । मार्क र डोन्नाका ८ र ९ वर्षका दुई सन्तान छन् । जतिबेला उनीहरुले आमा–बुवाको भेटबारे सोध्छन् उनकी आमाले केही भिन्न उत्तर दिन्छिन् । ‘मैले धेरैजसो भन्ने गरेकी छु कि उनले मलाई गल्तीले मेसेज पठाएका थिए,’ डोन्नाले पत्रकारलाई भनिन् । उनको प्रेमले यति धेरै चर्चा पाइरहेको अवस्थामा यी दम्पत्तीले एक अर्कासँगको भेटलाई आफ्नो सन्तानबाट लुकाउन नसक्ने धेरै मानिसहरुले अड्कल काटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप