सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ब्लड क्यान्सर पीडित चौधरीको उपचारका लागि सहयोगको अपिल

मङ्गलबार, ३२ साउन २०७३, १२ : ११
मङ्गलबार, ३२ साउन २०७३

काठमाडौं–ब्लड क्यान्सर पीडित चितवन भण्डाराका अजकुमार चौधरीको उपचारमा आर्थिक अभाव भएपनि सहयोगको अपील गरेका छन् । कमजोर आर्थिक अवस्था भएका चौधरीका परिवारले उपचारको लागि केहि रकम जुटे उनको पुर्नःजीवन पाउने आशा व्यक्त गरेका छन् ।

ब्लड क्यान्सर पीडित चौधरीको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलको बेड नम्बर ४१२मा राखेर उपचार भइरहेको सहयोगी मनिस श्रेष्ठले बताए । चार वर्षसम्म साउदी अरबमा कार्यरत उनलाई ब्लड क्यान्सर भएपछि कम्पनीले नेपाल फिर्ता पठाइदिएको थियो । नेपाल फर्किएलगत्तै उनलाई क्यान्सर हस्पतालमा भर्ना गरिएपनि उपचारको क्रममा आर्थिक अभाव हुन पुगेको हो । चौधरीले केहि रकम जुटे आफू बाँच्नसक्ने भन्दै सहयोगको लागि अपील गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप