सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ नेविसंघको परिवर्तिन निर्वाचन कार्यतालिका

मङ्गलबार, ३२ साउन २०७३, १२ : १९
मङ्गलबार, ३२ साउन २०७३

काठमाडौं–नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनको निर्वाचन कार्यतालिकामा परिवर्तन गरिएको छ । यसअघि पनि पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरिसकेको निर्वाचन समितिले अन्तिम पटक मनोनयन दर्ताको कार्यतालिका परिवर्तन गरेको हो । यअसघि मनोनयन दर्ताको कार्यतालिका मंगलबार बिहान ११ बजेसम्मको लागि तोकिएकोमा अहिले एक घण्टा थप गरेर १२ बजेसम्म पुर्याइएको छ। निर्वाचन समितिका संयोजक भरत खरेलले प्राविधिक कारणबस मनोनयन दर्ताको समय एक घण्टाको लागि थपिएको जानकारी दिए ।

यस्तो छ निर्वाचन कार्यतालिका १. उम्मेदवारको मनोनयन दर्ता :– २०७३ श्रावण ३२ गते विहान ८ः०० वजेदेखि १२ः०० वजेसम्म । २. उम्मेदवारको पहिलो नामावली प्रकाशन :– २०७३ श्रावण ३२ गते दिउसो २ः०० बजे  । ३. उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय : २०७३ श्रावण ३२ गते दिउसो २ः३० बजेदेखि ३ः०० बजेसम्म । ४. दोस्रो उम्मेदवारको नामावली प्रकाशन  : २०७३ श्रावण ३२ गते दिउसो ३ः३० बजे । ५. उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध : २०७३ श्रावण ३२ गते दिउसो ३ः०० बजेदेखि ३ः३० बजेसम्म । ६. दावी विरोध उपर जाँचवुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन : २०७३ श्रावण ३२ गते अपरान्ह ४ः०० बजेसम्म । ७. उम्मेदवारीको नाम फिर्ता : २०७३ श्रावण ३२ गते दिउँसो ५ः३० वजेसम्म । ८. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७३ श्रावण ३२ गते साँझ ६ः३० बजे । ९. मतदान : २०७३ भाद्र १ गते विहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म । नेपाली कांग्रेस केन्द्रीय कार्यालय वी.पी. नगरमा हुनेछ । १०. मतगणना : मतदान समाप्त भएपछि लगत्तै गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप