सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियो ओलम्पिकः ७२ देशले जिते पदक, अमेरिका २६ स्वर्णसहित शीर्ष स्थानमा, चीन तेस्रो (पदक तालिकासहित)

मङ्गलबार, ३२ साउन २०७३, १२ : ४६
मङ्गलबार, ३२ साउन २०७३

रियो दि जेनेरेरिया– ब्राजिलमा जारी ओलम्पिक प्रतियोगितामा ११ औं दिनको खेल चल्दैगर्दा अमेरिका २६ स्वर्ण पदक सहित शीर्ष स्थानमा रहेको छ । अमेरिकाले २६ स्वर्णसहित २३ रचत र २६ कास्य गरी कूल ७५ पदक जितेको छ । यस्तै चीनलाई पछि पार्दै ग्रेट ब्रिटेन दोस्रो स्थानमा रहेको छ । ब्रिटेनले १६ स्वर्ण, १७ रजत र ८ कास्य गरी कूल ४१ पदक जितेको छ । यस्तै चीनले कुल पदक ४६ ओटा जितेपछि स्वर्ण संख्यामा ब्रिटेन भन्दा पछि पर्दै तेस्रो स्थानमा रहेको हो । चीनले १५ स्वर्णसहित १४ रजत र १७ कास्य गरी कूल ४६ पदक जितेको छ । यस्तै पदक तालिकामा रसिया चौथो, इटाली पाँचौ, जर्मनी छैटौं, फ्रान्स सातौं , जापान आठौं, अष्ट्रेलिया नवौं र दक्षिण कोरिया दशौं स्थानमा रहेको छ । हालसम्म प्रतियोगितामा ७२ देशले पदक जितेका छन् । तर नेपाल भने अहिलेसम्म पदक विहिन रहेको छ। यस्तो छ पदक तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप