सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सकारात्मक समाचार लिखा जत्रो आयो : सञ्चारमन्त्री

मङ्गलबार, ३२ साउन २०७३, १२ : ५७
मङ्गलबार, ३२ साउन २०७३

काठमाडौँ - सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सकारात्मक र समाजलाई अभिपे्ररित गर्ने समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीसँग आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री कार्कीले समाजमा सबै खराब काम मात्र नभएको धारणा राख्दै सञ्चार माध्यममा नकारात्मक समाचार मात्र आउने गरेकामा चिन्ता व्यक्त गरे । उनले राम्रा काम पनि भएको बताउँदै त्यस्ता समाचार पनि सम्प्रेशण गर्न आग्रह गरे । ‘राम्रो कामको समाचार लिखाजत्रो मात्र आउँछ,’ उनले भने । उनले आलोचना तथ्यमा आधारित हुनुपर्नेमा पनि जोड दिए । पत्रकार आफ्नो पेसामा कुनै पनि विचार र आस्थाबाट प्रभावित हुन नहुने धारणा राख्दै उनले भने – “पत्रकारिता मर्यादित पेसा हो, गम्भीर हुनुपर्छ ।’ मन्त्री कार्कीले श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक पाउनुपर्ने बताउँदै सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिनुपर्ने विचार व्यक्त गरे । उनले दूरजराजमा बसेर सूचना प्रवाह गर्ने सञ्चारकर्मीलाई सबैले प्रोत्साहन गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले महासङ्घको सक्रियतामा ज्येष्ठ पत्रकारलाई मासिक रु एक हजार प्रदान गर्ने, पत्रकार परिवारलाई शैक्षिक सन्तति वृत्ति, स्वास्थ्य बिमालगायत महत्वपूर्ण कार्यक्रम अघि बढेको उल्लेख गरे ।

उनले हालै सरकारले जारी गरेको आमसञ्चार नीति र सूचनाको हकको कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकायको ध्यान पुग्नुपर्ने सुझाव दिए । महासङ्घका महासचिव उजिर मगरले सरकारले हालै घोषणा गरेको न्यूनतम पारिश्रमिक कडाइका साथ लागू हुनुपर्ने बताउँदै श्रमजीवीका पक्षमा उभिन मन्त्री कार्कीसँग आग्रह गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप