सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उद्योगी ज्ञानेन्द्रलाल प्रधानद्वारा करोडौंको भ्याट छली

मङ्गलबार, ३२ साउन २०७३, १३ : १२
मङ्गलबार, ३२ साउन २०७३

काठमाडौ–उद्योगी ज्ञानेन्द्रलाल प्रधानले एक व्यवसायवाट करोडौ रकम मूल्य अभिवृद्धि कर (भ्याट) छलेको पुष्टी भएकोे छ । राजश्व अनुसन्धान बिभागले गरेको अनुसन्धानवाट व्यवसायी प्रधानले भ्याट छलेको देखिएको हो । प्रधानले त्रिशक्ति केबुल इण्डष्ट्रिज प्रालीका नाममा गरेको व्यवसायवाट तिर्नुपर्ने राजश्व रकम नतिरेका हुन् । बिजुलीका तार लगायत उत्पादन र बिक्रि गर्दै आएको उनको कम्पनीमार्फत राजइलाई तिर्नुपर्ने भ्याट भने तिरेका छैनन् । करिव २० बर्षदेखि उनको यो कम्पनी संचालनमा छ । उनले राज्यलाई तिर्नुपर्ने राजश्व कम देखाउन आफुले गरेको कारोवारको रकम कम राखेका छन् । राजश्वका अनुसार उनले कारोवार रकम कम भएको फर्जि विवरण देखाएर करोडौ रकम कर छलेका थिए । राजश्वले गरेको अनुसन्धानवाट उनले गरेको कारोवारका हिसावमा कम राजश्व तिरेका हुन् । फर्जि बिल, भर्पाई र आर्थिक बिवरण बनाएर भ्याट छलेको बुझेपछि राजश्वले केही समयअघि प्रधानमाथि अनुसन्धान थालेको हो । राजश्वले उनले प्रयोग गर्दै आएको ल्यापटप नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । ल्यापटपमा उल्लेख भएको बिवरण भने प्रधानले झुटो भएको दाबी गरेको अनुसन्धान अधिकृतले बताए । अनुसन्धानवाट प्रधानले करयोग्य बिक्रि रकम लुकाएको पाइएको छ । बढी रकम कर तिर्नुपर्ने हुन्छ भनेर उनले वास्तविक विक्रि रकम र आय लुकाएका हुन् । राजश्वका अनुसार उनको व्यवसायमा भएको बिक्रि रकम, आय तथा तिर्नुपर्ने राजश्व अनुसन्धान गरिएको थियो । आर्थिक बर्ष ०६५÷०६६ देखि आव ०७२÷०७३ असोज सम्म उनले गरेको बिक्रि रकम, आयका आधारमा छलिगरेको राजश्व सहित कारावाही गरिएको रकम, जरिवाना र व्याज गरेर ६ करोड ४३ लाख ५८ हजार रुपैयाँ तिर्नुपर्ने देखिएको छ । वास्तविक बिक्रि तथा आय लुकाएर पेश भएको बिवरणका कारण उनले भ्याट छली गरेको पुष्टी भएपछि यो रकम तिर्नुपर्ने अवस्था आएको हो । राजश्वले उनले यो रकम बरावर भ्याटछलि गरेको भनि निर्धारण गरेको छ । उनले देखाएको कर योग्य रकममा वास्तविकता नदेखिएकाले अनुसन्धानवाट उनले तिर्ने कर निर्धारण भएको हो । उनले देखाएको कर योग्य बिक्रि रकम भन्दा २२ करोड १९ लाख ९० हजार २ सय २० रुपैयाँ थप कर योग्य रकम छ । सो रकमको २ करोड ८८ लाख ५८ हजार ७ सय २९ रुपैयाँ कर हुन आउने राजश्वले जनाएको छ । यस्तै, जरिवाना वापत २ करोड ८८ लाख ५८ हजार ७ सय २९ रुपैयाँ, थप दस्तुृर २६ लाख ५६ हजार २ सय ८४, ब्याज ३९ लाख ८४ हजार ४ सय २६ रुपैयाँ गरि राजश्वले ६ करोड ४३ लाख ५८ हजार १ सय ६७ रुपैयाँ कर निर्धारण गरेको जनाएको छ । राजश्वले दिएको बिवरण अनुसार प्रधानले आव ०६५÷०६६ देखि ०७२÷०७३ सम्म २ अर्ब ११ करोड ३६ लाख ८८ हजार ४ सय १६ रुपैयाँको करयोग्य बिक्रि गरेका छन् । तर, उनले बुझाएको बिवरणमा भने यो रकम उल्लेख छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप