बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तपाईंको सपनासँग जोडिएका प्रश्नको जवाफ यहाँ छ

मङ्गलबार, ३२ साउन २०७३, १४ : २१
मङ्गलबार, ३२ साउन २०७३
सुतिरहेका बेला हरेक मानिसले सपना देख्दछ । केही सपना देखेपछि राम्रो महसुस हुन्छ भने कसैले भने घोचिरहन्छ । तपाईंले देखेका सपनाका अर्थ हुन्छन् । के तपाईंलाई यसबारे थाहा छ ? सपनामा के देख्दा कस्तो संकेत हुन्छ भन्ने बारे आज हामी तपाईंलाई जानकारी दिँदैछौं । देवीको दर्शनः रोगबाट मुक्ति रातो फूल देखेः भाग्य चम्कनु आँखामा गाजल लगाइरहेको देख्नु शारिरिक कष्ट हुनु झरना देख्नुः दुःखको अन्त्य हुनु गुरुलाई देख्नुः सफलता पाउनु जनावरलाई देखेः सर्प, बिच्छीलाई देख्नु अशुभ आफैंलाई मरेको देख्नुः आयु बढ्नु परीक्षा दिइरहेको देख्नुः जीवनमा अगाडि बढ्नु धनको हानी देख्नुः चेतावनी हो, सोचेर मात्र कदम उठाउनुहोस् जनावर देख्नुः भैंसी, गाई, सिंह, हात्ति देख्नु शुभ आफ्नै हात काटिएको देख्नुः कुनै निकट परिवारको सदस्यको मृत्यु सुकेको बगैंचा देख्नुः कष्टको प्राप्ति राजनेताको मृत्यु भएको देख्नुः देशमा समस्या हुनु पहाड हल्लिएको देखेः कुनै रोगको प्रकोप हुनु हरियो जंगल देख्नुः प्रसन्नता पाउनु आफू उडेको देख्नुः कुनै समस्याबाट छुटकारा सानो जुत्ता लगाउनुः कुनै महिलासँग झगडा लडाईंमा मृत्यु हुनुः राज प्राप्तिको योग चन्द्रमा टुटेको देख्नुः कुनै समस्या आउनु चन्द्रग्रहण देख्नुः रोग लाग्नु कमिला देख्नुः कुनै समस्यामा पर्नु दाँत फुस्केको देखेः समस्यामा वृद्धि खुल्ला ढोका देखेः कुनै व्यक्तिसँग मित्रता हुनु बन्द ढोका देख्नुः धनको हानी हुनु धुँवा देख्नुः व्यापारमा हानी भूकम्प देख्नुः सन्तानलाई कष्ट चश्मा लगाउनुः ज्ञान वृद्धि मासु देख्नुः आकस्मिक धन लाभ पूजा पाठ गरेको देख्नुः समस्याहरुको अन्त्य शिशु हिँडेको देख्नुः रोकिएको धन प्राप्त हुनु सिंहको जोडी देख्नुः दाम्पत्य जीवनमा अनुकुलता सेतो बिरालो देख्नुः धनको हानी खच्चर देख्नुः धन सम्बन्धी समस्या शव देख्नुः रोगबाट टाढा हुनु धन उधारो दिनुः अत्यधिक धन प्राप्ति चन्द्रमा देख्नुः सम्मान पाउनु चील देख्नुः शत्रुबाट हानी चामल देख्नुः कसैसँगको शत्रुता समाप्त हुनु चाँदी देख्नुः धन लाभ हुनु कैंची देख्नुः घरमा कलह हुनु सुपारी देख्नुः रोगबाट मुक्ति फलफूल खानुः धन लाभ हुनु सुन पाउनुः धन हानी हुनु काग देख्नुः कसैको मृत्युको समाचार पाउनु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप