सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेविसंघको अध्यक्षमा ८ जनाको उम्मेद्वारी पर्‍यो

मङ्गलबार, ३२ साउन २०७३, १४ : १३
मङ्गलबार, ३२ साउन २०७३
काठमाडौं- नेपाल विद्यार्थी सङ्घको अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेको छ । महामन्त्री र कोषाध्यक्षमा भने क्रमशः ६ र ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा उम्मेदवारी दिनेमा मनोजमणि आचार्य, नगेन्द्रसिंह ठकुरी, नैनसिंह महर, शुभराम बस्नेत, वचन कार्की, पदमराज पन्त, आनन्दराज त्रिपाठी र लक्ष्मण आचार्य रहनुभएको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए । त्यसैगरी महामन्त्रीमा हिमालदत्त श्रेष्ठ, राजेश ज्ञवाली, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेलको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको खरेलले जानकारी दिए । सङ्घका १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिले साँझ ६ं.३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको छ । सङ्घको ११औं महाधिवेशन अन्तर्गत मतदान बुधबार बिहान काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप