बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सनकी महिलाको करतुतः पहिले कारले ठक्कर दिइन्, त्यसपछि शव अगाडि मज्जाले नाचिन्

मङ्गलबार, ३२ साउन २०७३, १५ : ०३
मङ्गलबार, ३२ साउन २०७३
एक महिलाले पैदलयात्रीलाई ठक्कर दिएपछि उनले ती व्यक्तिको शव अगाडि मज्जाले नाचेकी छिन् । पुरुषलाई ठक्कर दिनुभन्दा पहिले ती महिलाले आफ्नो कार बेतोडले हुइँकाएको बताइएको छ । मिरर डट कमका अनुसार घाइतेको शरिर जब उनको कारको बोनेटमा पछारियो तब उनले ती व्यक्तिलाई सहयोग गर्नुको साटो एक्सिलरेटर दबाएर झन् अगाडि बढिन् । ती व्यक्तिसँग ठोक्किएपछि पनि महिलाले आफ्नो कारलाई २ सय मिटर अगाडि बढाइन् । सेतो लुगा लगाएकी महिलाले त्यहाँ उपस्थित सयौं प्रत्यक्षदर्शीलाई अचम्मित पारिदिइन् जब उनी कारबाट निस्किएर शवको अगाडि मज्जाले नाच्न थालिन् । नजिकैको पसल र मन्दिरमा गीतको आवाज आइरहेको थियो । गीतमा ताल मिलाउन उनले आफ्नो हात, खुट्टा मज्जाले हल्लाएकी थिइन् भने आफ्नो कम्मर मर्काउन पनि बिर्सिनन् । प्रत्यक्षदर्शीले ती महिला नाचेको दृश्य सोसल मिडियामा पोष्ट गरे र त्यतिबेलादेखि नै यो भाइरल भएको छ । पूर्वी चीनको जिनिंग शहरमा यो घटना भएको हो । नाम नखुलाइएको ती महिला स्थानीय ज्योतिषी बताइएको छ र उनलाई हत्याको आरोपमा पक्राउ गरिएको छ । सजायँबाट जोगिनका लागि ती महिलाले आफू मानसिक रोगीको नाटक गरेको अनुमान पुलिसले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप