सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

थारुको छोरो हुँ,सोझो छु तर कामको मामलामा कडा छुः कृषिमन्त्री

मङ्गलबार, ३२ साउन २०७३, १५ : ५३
मङ्गलबार, ३२ साउन २०७३

काठमाडौं–कृषिमन्त्री गौरी शंकर थारु (चौधरी)ले आफू कामको मामलामा कडा भएको भन्दै इमान्दार भएर जिम्मेवारी पूरा गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । यसअघिका कृषिमन्त्री हरिबोल गजुरेलको बिदाईमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले इमान्दारिताका साथ काम गर्ने कर्मचारीलाई आफ्नो सदैव साथ रहने र काम चोर कर्मचारीले कारबाहीको दायरामा ल्याउने उनले बताए । उनले आफू थारुको छोरो भएको र थारु सोझो हुने भन्दै कामको मामलामा भने इमान्दार भएको बताए । ‘ म थारुको छोरो हुँ, थारु सोझो हुन्छ । सोझो थारुको छोरो कामको मामलामा भने कडा र इमान्दमार छु’, उनले भने । सो अवसरमा निवर्तमान कृषिमन्त्री हरिबोल गजुरेलले कर्मचारीको सहयोग बिना मन्त्री सफल हुन नसक्ने भन्दै आफूलाई सफल बनाउन कर्मचारीको हात रहेको बताए । उनले नयाँ मन्त्रीलाई पनि आफूलाई जस्तैगरी सहयोग गर्न समेत कर्मचारीहरुसाग आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप