बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जुत्तामा चक्कु लुकाएर बकिंघम प्यालेस छिरेका व्यक्ति भन्छन्, ‘बेलायती रानीलाई मार्न आएको हुँ’

मङ्गलबार, ३२ साउन २०७३, १६ : ३४
मङ्गलबार, ३२ साउन २०७३
लण्डन । बकिंघम प्यालेसमा जुत्ताभित्र चक्कु लुकाएर लान खोज्ने एक व्यक्तिले आफू बेलायती रानीको हत्या गर्न त्यहाँ पुगेको बताएका छन् । हांग झांग नामका ती छात्रलाई शुक्रबार पक्राउ गरिएको छ । डेली मेलको रिपोर्ट अनुसार युनिभर्सिटी अफ शेफिल्डका २५ वर्षीय छात्र हांग झांग आफूलाई चिनियाँ एजेन्टले पिछा गरिरहेको छ कि भन्ने त्रासमा रहेका छन् । यद्यपी पुलिसले छात्रको मानसिक अवस्था बुझेर उनीविरुद्ध बेलायती रानीलाई मार्न कोसिस गरेको आरोप हटाएको छ । घातक हतियार राखेको आरोपमा हांग सोमबार वेस्टमिन्स्टर अदालतमा हाजिर हुनु परेको थियो । पछिल्लो तीन महिनामा बेलायती महारानी विरुद्ध हमला गर्ने यो चौथो कोसिस हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप