सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निर्माण सम्पन्न भएको एक हप्ता नबित्दै भत्किन थाल्यो कालोपत्रे

मङ्गलबार, ३२ साउन २०७३, १६ : ५५
मङ्गलबार, ३२ साउन २०७३
सल्यान–जिल्लाको सल्लीबजार ­रुकुम चौरजहारी सडकमा ओटासिल प्रविधिबाट गरिएको सडक कालोपत्रे एक हप्ता नहुँदै भत्किन थालेको छ । चौरजहारी सडकखण्डमा एक किलोमिटर कालोपत्रे गरिएकोमा एकहप्तामै ८ सय मिटर भत्किन थालेको हो । सडक डिभिजन कार्यालय दाङ मार्फत डिल्ली रावतले २ करोड ५० लाखमा ठेक्का लगेका थिए । तीन वर्षअघि सम्झौता गरी ठेक्का लिएका रावतले तीन वर्षको अवधिमा एक किलोमिटर बाटो कालोपत्रे गरेको र त्यसमा पनि ८ सय मिटर कालोपत्रे भत्कि सकेको स्थानीयको भनाई रहेको छ । असार महिनामा कामको प्रगति देखाउने नाममा सडकको काम गुणस्तरहिन भएको स्थानीय भुपाल साहुको भनाई रहेको छ । बाटो खुलेको १२ वर्ष पछि कालोपत्रेको योजना परेको थियो त्यो पनि एक हप्ता नहुदै भत्किन थालिसकेको र बाटोको स्तर उन्नती नहुँदा नागरिकले दुःख पाउने गरेको स्थानीय किर्ती बहादुर रानाको भनाई रहेको छ । सडक डिभिजन कार्यालय दाङका अनुसार उक्त सडकखण्डमा ३ दशमलव ५ मिटर चौडा र ३ किलोमिटर लामो उक्त सडकखण्डमा १६ एमएम ओटासिल गर्नुपर्ने योजना रहेको छ । ठुलो गाडि त परै जाओस् मानिसको खुट्टाले राम्रोसँग खोस्रिने हो भने पनि सडक भत्किने गरेको स्थानीय खिम बहादुर बुढाको भनाई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप