बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्लाष्टिक सर्जरी गर्नुपूर्व यस्ता देखिन्थे यी चर्चित सेलिब्रिटी

बुधबार, ०१ भदौ २०७३, ११ : १६
बुधबार, ०१ भदौ २०७३
१. ब्रिटनी स्पेयर्स उनले पहिलो पटक आफ्नो नाकलाई सानो गर्न प्लाष्टिक सर्जरी गरेकी थिइन् । उनी नाकको प्राकृतिक आकार जस्ताको तस्तै राखेर त्यसलाई सानो मात्र बनाउन चाहन्थिन् । नाकको सर्जरीपछि उनले आफ्नो स्तनलाई बढाइन् । जसलाई उनले आफ्नो नाकको सर्जरी पछि दोहोराइन् । उनको प्लाष्टिक सर्जरीको शिलशिला यतिमा मात्र सिमित भएन । त्यसपछि उनले आफ्नो पेटको सर्जरी गराइन् । स्रोतका अनुसार ब्रिटनी स्पेयर्सले प्लाष्टिक सर्जरी गरेपछि उनलाई आमाले समेत चिनिनन् । तर ब्रिटनीले भने यसको पुष्टि अहिलेसम्म गरेकी छैनन् । २. निकोल किड्मनः केही वर्षदेखि निकोल बोटोक्सको लतमा परेकी छिन् । निश्चित रुपमा यो प्रक्रियाले चाउरीपनाबाट छुटकारा पाउन मद्दत गर्दछ तर युवा बनिरहने निकोलको लालचले सारा सीमा पार गरेको छ । इजेक्सनका कारण उनले आफ्नो अनुहार चलाउन सक्दिनन्, उनको अनुहारका मांसपेशीहरु मुश्किलले चल्छन् । इन्जेक्सनका कारण उनको छालापनि चम्किलो भएको छ । ३. तारा रीडः तारा रीडलाई सुरुमा ‘अमेरिकन पाइ’ को रुपमा मानिसहरुले चिन्ने गर्दथे तर आजकाल उनको नाम केवल ब्यूटी कोलमसम्म सिमित भएको छ । पत्रकारहरुले उनको बारेमा प्लाष्टि सर्जरीबारे समाचार मात्र सम्प्रेषण गर्दछन् । उनको प्लाष्टिक सर्जरीको सबैभन्दा महत्वपूर्ण कुरा के छ भने उनले आफ्नो स्तनको भारी वृद्धि गरिन् तरपनि त्यसको केही निशाना छैन । यद्यपी शरिर लिफ्टको सर्जरी पछि उनको पेटमा एउटा निकै नराम्रो दाग बसेको छ । ४. ला टोय ज्याक्सन – सुधारको एक श्रङ्खला थुप्रै मानिसहरु पप गीतका राजा, माइकल ज्याक्सनमा प्लाष्टिक सर्जरीले पुर्याएको परिणाम बारे जानकार छन् । तर के यसले उनको नजिकका नातेदारलाई प्रभावित गर्नसक्छ ? ला टोय ज्याक्सन लामो समयदेखि प्लाष्टिक सर्जरीको लतमा थिइन् । उनी आफ्नो भाइ, माइकल ज्याकसनजस्तै प्लाष्टिक सर्जरीको बन्धनमा परेकी थिइन् । उनले आफ्नो चिउँडो ठिक गराइन्, गालामा इम्प्लान्ट्स राखिन्, आँखामा सुधार र बोटोक्स लिइन् । आजकाल ला टोय आफ्नो युवावस्थाभन्दा निकै भिन्न देखिन्छिन् । ५. ज्याकलिन स्टेलोन – आँखा, ओठ, उचाई, बोटोक्स बढ्दो उमेरमा पनि सुन्दर देखिनु कति मुश्किल छ, यो कुनै रहस्य होइन । चर्चित अभिनेता सिल्वेस्टर स्टेलोनकी ९२ वर्षीया आमा, ज्याकलिन (ज्याकी) स्टेलोन प्लाष्टिक सर्जरी बारे यति उत्साहित थिइन् कि उनलाई शल्य चिकित्साको टेबलमा नै हृदयघात भयो । उनले आफ्नो उचाई, आँखा र ओठको आकारमा परिवर्तन गरिन् । बोटोक्स त कति पटक लगाइन् त्यो गन्ती गरेर साध्य छैन । उनी आफ्नो अनुहारलाई प्लाष्टि सर्जरीको लागि प्रयोग गरिरहेकी छिन् । डरलाग्दो अनुहार हुँदासमेत उनलाई केही तनाव छैन । उल्टै आफ्नो अर्को प्लाष्टिक सर्जरी कुरेर बस्छिन् । ६. जनिस डिकिन्सनः आफ्नो जवानीमा जनिस डिकिन्सन निकै सुन्दर थिइन् । यी मोडलले आफ्नो स्तनलाई बढाइन्, आफ्नो पेट र अनुहारलाई परिवर्तन गरिन् र उनी अहिले पूर्ण रुपमा कृत्रिम देखिन्छिन् । अचम्मको कुरा त के छ भने जनिस आफ्नो अनुहारबाहेक शरिरको कुनै भागको पर्वाह गर्दिनन् । उनको शरिर स्वभाविक रुपमा बुढो भइरहेको छ र शरिर ढिला भइरहेको छ । यी ५९ वर्षीया स्टार अहिले पनि इमान्दारीपूर्वक विश्वास राख्छिन् कि उनको शरिरमा केही परिवर्तन भएको छैन । ७. डोनेटेला वर्साचेः राम्री देख्ने लोभले धेरै मानिसहरुले त्यसको सीमा नाध्ने गर्दछन् । आफ्नो ४५ वर्षको उमेरमा रहेकी डोनेटेला पटक–पटक शल्य चिकित्साको मेचमा गइन् । सुधारको यो श्रृङ्खलाले उनको अनुहारलाई पहिचानको योग्य राखेन, यहाँसम्म कि उनी मानव जस्तो देखिन छोडिन् । प्लाष्टिक सर्जरीले उनको अनुहारबाट सबै प्रकारको भाव मेटाइदिएको छ र अनुहारलाई विचित्र देखाएको छ । पछिल्लो केही वर्षदेखि यी महिला सायद कुनै पनि सार्वजनिक रुपमा देखिएकी छिन् । एकपटक उनले पत्रकारहरुलाई भनेकी थिइन्, ‘यति धेरै शल्यक्रिया पछि पनि उनी अहिलेसम्म आफ्नो अनुहारमा खुसी छैनन् ।’ ८. जोसेलिन वाइल्डेस्टिनः सन् १९९७ मा जोसेलिन वाइल्डेस्टिनले आफ्नो अनुहारलाई प्लाष्टिक सर्जरीका लागि ४ लाख डलरभन्दा बढि पैसा खर्च गरिन् । यी महिलाले आफ्नो गालामा इम्प्लान्ट्स राखिन्, अनुहारलाई अनगिन्ती पटक उठाइन् । अब अहिले प्लाष्टिक सर्जरीले जोसेलिनको अनुहारलाई विकृत बनाइदिएको छ । उनको समाजका केही हिस्सामा उनको अनुहार बिरालोको जस्तो भएका कारण उनलाई ‘क्याट वुमन’ को उपनाम दिएको छ । ९. आशली सिम्पसनः आशली सिम्पसनले आफ्नो नाकमा गरिएको प्लाष्टिक सर्जरीको खण्डन गर्ने गरेकी छिन् । तथापी उनको बुवाले भने उनको सर्जरीको पुष्टि गरेका छन् । सर्जरीले उनको अनुहार पहिले भन्दा पनि नाजुक बनाइदिएको छ । १०. आसली तिस्डेलः यदि तपाईं हलिउडमा लोकप्रियता हाँसिल गर्न सक्नुहुन्न भने तपाईंमा केही कमी छ । आसलीका अनुसार उनमा केही कमी थियो । आशली तिस्डेल डिज्नी च्यानलको एक लोकप्रिय स्टार हुन् । उनको नाकमा प्लाष्टिक सर्जरीको बारेमा लामो समयदेखि चर्चा गरिएको थियो । उनले सर्जरी गरेको स्विकारसमेत गरेकी थिइन् । उनको यो परिवर्तनले उनको सुन्दरतामा थप निखार बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप