बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पत्याउनै गाह्रोः म्याकडोनाल्डमा काम गरे, चिया बेचे र १९ वर्षमा बने करोडपति

बुधबार, ०१ भदौ २०७३, ११ : ४७
बुधबार, ०१ भदौ २०७३
बेलायतमा बस्ने एक १९ वर्षीय टिनएजरले यस्तो काम गरेर देखाइदिए जसले संसारभरीका सबै मानिसहरुलाई अचम्मित बनाइदिन्छ । किशोरावस्थामा उनले यति धेरै पैसा कमाए कि उनदे आफ्नो लागि १ करोड १२ लाख पर्ने बेन्टलेसम्म खरिद गरेका छन् । मेलअनलाईनको रिपोर्ट अनुसार बेलायतको साउथह्याम्पटनमा बस्ने रोबर्ट मुफेनले यति सानो उमेरमा नै संसारलाई चकित बनाउने सफलता हाँसिल गरेका छन् । विद्यालयमा पढ्दापढ्दै उनी सफलताको सिढिँमा उक्लँदै थिए । अहिले उनको आफ्नी आमालाई खुसी बनाउनका लागि एउटा गाडी र ठूलो घर खरिद गरेका छन् । यस्तो होइन कि मुफेनले सफलता मात्र देखे । यति पैसा कमाउनुभन्दा पहिले उनी म्याकडोनाल्डमा काम गर्दथे । आर्थिक हालत राम्रो नभएका कारण उनले १६ वर्षको उमेरमा यस्तो काम गर्नुपर्यो । पढ्दापढ्दै म्याकडोनाल्डमा काम गर्नुका साथै उनले अर्को साइड बिजनेस पनि चलाएका थिए – चिया बेच्ने । यसरी धनी बने मफेनका अनुसार उनले पैसा कमाउनका लागि १६ वर्षको उमेरदेखि नै शेयर मार्केट (बाइनरी ट्रेडिंग) मा पैसा लगाउने तालिम लिन सुरु गरेका थिए । त्यतिबेला देखि नै उनले लगातार सिक्दै र लगानी गर्दै गए । त्यसपछि उनले आफ्नै एक कम्पनी खोले । एक अन्र्तवार्तमा मुफेनले भने, ‘कलेजबाट फर्कने बित्तिकै म्याकडोनाल्ड र चिया पसलमा काम गर्नु मेरो लागि साँच्चै नै एक कठिन समय थियो । तर त्यस्तो स्थितीमा पनि मैले केही ठूलो गर्नुपर्ने आफ्नो सोचलाई कहिले पनि छोडिनँ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप