बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

१० विश्व रेकर्ड राखेको संसारको सबैभन्दा अग्लो र लामो सिसाको पुल आगन्तुकका लागि खुल्ला गरिँदै

बुधबार, ०१ भदौ २०७३, १२ : १८
बुधबार, ०१ भदौ २०७३
मध्य चीनको हुनान प्रान्तस्थित जाङ्जियाजीमा रहेको संसारको सबैभन्दा अग्लो र लामो सिसाको पुल शनिबारदेखि आगन्तुकका लागि खुल्ला गरिँदै छ । ४३० मिटर लामो, ६ मिटर चौडाइ रहेको उक्त पुलमा तीन तहको ९९ वटा पारदर्शी ग्लास बिछ्याइएको छ । यो पुल जमिनभन्दा ३ सय मिटर अग्लो दुईवटा ठाडो भीरको बिचमा राखिएको छ । समितीका अनुसार डिजाइन र निर्माणमा यो पुलले १० वटा विश्व रेकर्ड कायम गरेको छ । साङ्घाइ डेलीका अनुसार एक दिनमा ८ हजार मानिस पुलको वारपार गर्न सक्छन् । भ्रमणको लागि आउनु एक दिन पहिले नै यसको लागि टिकट बुक गरिसक्नुपर्नेछ । यस पुलको निर्माण गत डिसेम्बरमा सिद्धिएको थियो । पुल कति बलियो छ भनेर पुष्टि गर्नका लागि जुलाईमा २ टनको ट्रक उक्त पुलमा चलाइएको थियो । अद्वितीय पिल्लरजस्तो देखिने यी दुईवटा पहाडको बनावट हलिउडको ब्लकबस्टर फिल्म ‘एभटार’ पनि देख्न पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप