बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

करिनाले सेफसँग यसरी मनाईन् जन्मदिन, सेयर गरिन् तस्बिर

बुधबार, ०१ भदौ २०७३, १२ : ३८
बुधबार, ०१ भदौ २०७३
बलिउड अभिनेता सेफ अलि खानको जन्मदिन १६ अगस्ट अर्थात् मंगलबार थियो । सेफको जन्मदिन उनकी श्रीमती करिनाले आफ्नी दिदी करिष्मा कपुरसँग मनाइन् । करिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पार्टीको तस्बिर पनि सेयर गरिन् । फोटोमा गर्भवती करिनाले पूर्ण रुपमा शरिर ढाक्ने लुगा लगाएकी थिइन् भने करिष्मा कालो लुगामा ठाँटिएकी थिइन् । यता बर्थडेब्वई सेफ अलि खान भने कपूर दिदी बहिनीको बीचमा बसेर मुस्कुराउँदै तस्बिर खिचाएका छन् । स्मरण रहोस्, करिना आउँदो डिसेम्बरमा आमा बन्दैछिन् । सेफ अली आफैले सो कुरा बारे मिडियालाई जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप