बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सेफ–करिनाको ‘पटौदी महल’ यस्तो छः विदेशी आर्किटेक्टले बनाएका महल भित्रका शानदार तस्बिरहरु

बुधबार, ०१ भदौ २०७३, १३ : ४२
बुधबार, ०१ भदौ २०७३
बलिउडका चर्चित सेफ अलि खान र सोहा अलि खानकी आमा शर्मिला टेगोरले ‘पटौदी महल’ बारे वर्णन गरेकी छिन् । उनका अनुसार महलमा हाइ सिलिङका ६ वटा ठूला कोठाहरु छन् । यहाँ ठूलो आँगन पनि छ जहाँ विभिन्न अवसरमा परिवारका सदस्यहरु भेटघाट गर्ने गर्दछन् । यो महल रोबर्ट टोर रसेलले डिजाइन गरेका हुन् । उनलाई अष्ट्रियाका आर्किटेक्ट कार्ल मोल्ट भोन हेइन्जले सहयोग गरेका थिए । पटौदीका आठौं राजा, इफ्तिखर अली खानको विशेष आग्रहमा यो महल निर्माण गरिएको थियो । यो महललाई सेफ र करिनाले मज्जाले पुर्ननिर्माण गरेका छन् । पटौदी महलमा थुप्रै बलिउड फिल्मको सुटिङ पनि गरिसकिएको छ, जसमा मंगल पाण्डे, वीर जारा, रंग दे बसन्ती पर्छन् । हेरौं सेफ र करिनाको ‘पटौदी महल’ का केही तस्बिरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप