बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सेलिब्रिटीको फेसनलाई पछ्याउने यी पाँच वर्षीया मोडल, इन्स्टाग्राममा हज्जारौं फलोअर्स

बुधबार, ०१ भदौ २०७३, १५ : ३९
बुधबार, ०१ भदौ २०७३
हुन त उनी मात्र पाँच वर्षकी छिन् तर उनको फेसन र ड्रेसिङ सेन्स हेर्ने हो भने उनी कुनै सेलिब्रिटीभन्दा कम छैनन् । फेसनमा निकै रुची राख्ने यी बालिकाले काइली, केन्डल जेन्नर र सेलेना गोमेजबाट प्रेरणा लिने गर्छिन् र आफू कस्तो देखिएकी छिन् यसबारे अनलाइन मार्फत जानकारी लिन्छिन् । सोफिया नामकी यी बालिका एक मोडल हुन् जसले सेलिब्रिटीको स्टाइल पछ्याउने गर्छिन् । उनको इन्स्टाग्राम फेज छ जसमा ३ हजार १ सय १८ जनाले फलो गरेका छन् । अमेरिकाको कनेक्टिकटकी सोफिया आफ्नो उमेरभन्दा निकै स्टाइलिस छिन् । इन्स्टाग्राममा उनलाई धेरैजसो उनका फलोअरले उनको स्टाइललाई प्रशंसा गरेका छन् । ‘ओहो! कति क्युट,’ एकजनाले कमेन्ट गरे । कसैले भने ती पाँच वर्षीया बालिकाजस्तै हुन पाए हुन्थ्यो भनी इच्छा व्यक्त गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप