बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सम्बन्धविच्छेदका अचम्मका कारणः श्रीमानले घुरेको देखि श्रीमतीले नुहाउन लामो समय लगाएकोसम्म

बुधबार, ०१ भदौ २०७३, १८ : ०६
बुधबार, ०१ भदौ २०७३
सम्बन्ध विच्छेद हुने धेरै कारणहरु मिल्दाजुल्दा हुन्छन् जस्तै विवाहेत्तर सम्बन्ध, दाइजो, घरेलु हिंसा आदि । तर एकअर्कामा विवाद हुन यी कुराहरु मात्र प्रमुख होइनन् । यी कुराहरु साधारण त होइनन् तर यी सम्बन्धविच्छेदका कारण बन्ने गर्दछन् । आउनुहोस्, सम्बन्धविच्छेदका यस्तै रोचक कारणबारे यहाँ जानकारी लिऔं । १. संसारभरी सम्बन्धविच्छेदका यस्ता कारणहरु पनि सार्वजनिक भएका छन् जसमा कुनै एक व्यक्तिको एलर्जीका कारण पनि सम्बन्धमा दरार आएको छ । कसैलाई पसिनाको गन्धबाट एलर्जी थियो भने कसैलाई स्ट्रबेरी खाँदा । २. तपाईंलाई सुन्दा अचम्म लाग्ला तर साथीहरुलाई धेरै उपहार दिएका कारण पनि सम्बन्धविच्छेद भएको छ । आफ्नो साथीलाई धेरै उपहार दिने पार्टनरको बानीबाट आजित भएर धेरैले आफ्नो वैवाहिक सम्बन्ध तोडेका छन् । ३. बमथरुममा घण्टौं बिताउने पार्टनरको बानीले धेरैलाई तनाव दिएको हुनसक्छ तर यो सम्बन्धविच्छेदको कारण नै बन्ला भन्ने धेरैले सोच्नुभएको छैन होला । तर वास्तवमा यस्तै भएको छ । बाथरुममा धेरै समय बिताएको भन्दै विवाहित जोडीबिच झगडा हुने गरेको छ र अन्त्यमा यो सम्बन्धविच्छेदको कारणसमेत बनेको छ । ४. श्रीमान् श्रीमतीले वर्षौंदेखि लुकाएर राखेको कुरा अचानक एकदिन सार्वजनिक हुँदा यसले पनि धेरैको सम्बन्धलाई अन्त्य गरेको छ । लुकाएर राखेको कुरा सानै भएपनि कुरा लुकाएको भन्दै सम्बन्धमा दरार आउँछ र पार्टनरबिचको भरोस टुट्ने गर्दछ । यो धेरैपटक सम्बन्धविच्छेदको कारण बनेको छ । ५. राती सुत्दा घुर्ने बानीले पनि सम्बन्ध अन्त्य भएको छ । यस्तै गरी राती अबेरसम्म सोसल मिडियाको प्रयोग गर्ने र मोबाइलमा रातको समयमा पटक पटक मेसेज चेक गर्ने बानीले पनि धेरैको सम्बन्ध टुटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप