सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज पनि बजार अनुगमन, बजार नियमित अनुगमन गर्नुपर्ने व्यवसायीहरुकै जोड

बुधबार, ०१ भदौ २०७३, २३ : ११
बुधबार, ०१ भदौ २०७३

काठमाडौँ–चाडबाडको समयमा मात्रै नभई उपभोग्यवस्तु बजार नियमित अनुगमन गर्नुपर्ने व्यवसायीहरु स्वयम्ले बताएका छन् ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य संस्थान र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्तरुपमा गरेको अनुगमनका क्रममा आज व्यवसायीले अनुगमनलाई नियमित गर्न सके उपभोक्ता र व्यवसायी दुई पक्षलाई नै फाइदा हुने बताएका हुन् ।

अनुगमन टोलीले आजै उपभोक्ताको हित विपरीत रहेको बालाजु औद्योगिक क्षेत्रमा रहेको चार हजार बोरा डिडिसी पाउडर (धुलो) दूधलाई सिल गरेको छ ।

टोलीले पाटनस्थित तिमिल्सिना खाद्य स्टोरमा बढी मूल्य लिई उपभोक्तालाई ठगी गरेको भेटिएकाले सो स्टोर बन्द गरिदिएको छ । त्यस्तै टोलीले खान उपयुक्त नभएको ४६३ किलो आज मासु बरामद गरी नष्ट गरेको छ । गोँगबु, सामाखुसी र गल्कोपाखा इलाकामा ५० ग्रामका झण्डै २५ प्याकेट मसला जफत गरी त्यस्ता सामान बिक्रीवितरण तत्काल रोक्न विभागले निर्देशन दिएको छ ।

अधिकांश पसलमा मूल्यसूची र पसलको नाम समेत राखेको नदेखिएकाले तीन दिनभित्र विवरण लिएर बिभागमा आउन निरीक्षक अधिकृत ढुण्डीराज पोखरेलले निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप