सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

झुठो विवरण पेस गरेर नागरिकता दिलाउने तीन पक्राउ, यसरी खुल्यो पोल

बुधबार, ०१ भदौ २०७३, २३ : १३
बुधबार, ०१ भदौ २०७३

रसुवा – झुठो विवरण पेस गरी नगरिकता दिलाएको आरोपमा राम्चेका तीन व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ पर्नेमा रामचे गाविस–५ का मिङ्मर गलान, सोही गाविस वडा नं ४ बस्ने स्याङ्डुप तामाङ र दावा सिङ्गी स्याक्पा रहेका छन् । उनीहरुमाथि २०६७ सालमा छोरी नाताका तीन नाबालकलाई साबालक बनाई झुठो विवरण लेखाएर नागरिकता दिलाएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि नाबालक बालबालिकालाई रोजगारीका लागि खाडी मुलुकमा पठाउन कानुन विपरीत काम गरेको आरोप लगाइएको छ । नागरिकता प्राप्त गरेका नाबालक विदेश जान र लान अध्यागमनले रोकेपछि रहस्य खुलेको हो ।

नागरिकता प्राप्त गर्नेमा सोही स्थानकी थिमोयाङ्जी गलान, पासाङ् टोमो तामाङ र छेसाङ तामाङ रहेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप