सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियो ओलम्पिक : एथलेटिक्समा रिमाल पहिलो चरणबाटै बाहिरिए

बुधबार, ०१ भदौ २०७३, २३ : १८
बुधबार, ०१ भदौ २०७३

काठमाडौँ, भदौ १– ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ अन्तर्गत पाँच हजार मिटर दौडमा नेपालका हरिकुमार रिमाल पहिलो चरणबाटै बाहिरिएका छन् ।

रियो दि जेनिरियोमा आज साँझ भएको खेलमा उनी उक्त स्पर्धाको पहिलो चरणबाट नै बाहिरिएका हुन् । नेपाल आर्मीका २८ वर्षीय धावक रिमालले निर्धारित दुरी १४ मिनेट ५४ दशमलव ४२ सेकेण्डमा पूरा गरे । पच्चीस खेलाडीले भाग लिएको उक्त स्पर्धामा उनी २३ औँ स्थानमा रहे ।

उनले सोमालिया र सोलेमन आइसल्यान्डका खेलाडीलाई मात्र पछि पार्न सके । हरिको हिटमा इथियोपियाका हागोस गेब्रेह्वाइट १३ मिनेट २४ दशमलव ६५ सेकेण्ड समय खर्चदै पहिलो भए ।

सोही स्पर्धामा दश वर्षअघि राजेन्द्र भण्डारीले १४ मिनेट ०१ दशमलव १९ सेकेन्ड समय खर्चर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । रिमाल उक्त कीर्तिमान भङ्ग गर्ने उद्देश्य बोकेर रियो प्रवेश गरे भएपनि त्यो सपना भने पूरा हुन सकेन ।

बाह्रौ दक्षिण एसियाली खेलकुद (सागमा) हरिले सोही स्पर्धामा १४ मिनेट ३२.१८ सेकेन्डमा पूरा गर्दै कास्यपदक जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप