सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अनुगमनपूर्व व्यापारीलाई सूचना दिने उपसचिव पन्तसँग स्पष्टीकरण मागियो

बुधबार, ०१ भदौ २०७३, २३ : २९
बुधबार, ०१ भदौ २०७३

काठमाडौँ– अनुगमनपूर्व नै व्यापारीलाई जानकारी दिएको भन्दै आपूर्ति मन्त्रालयले उपसचिव अर्जुन पन्तलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण दिन भनेको छ । छड्के अनुगमन गरिरहेका बेला मङ्गलबार व्यवसायीलाई अग्रिम सूचना दिएको भन्दै आपूर्ति मन्त्रालयका उपसचिव पन्तसँग २४ घन्टे लिखित स्पष्टीकरणको मागसँगै सूचना अधिकृतको जिम्मेवारीबाट हटाइएको मन्त्रालयका सहसचिव आनन्दराम रेग्मीले जानकारी दिए ।

पन्तले एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिव घिमिरेलाई अनुगमन हुन लागेको सूचना अग्रिम रुपमा दिएपछि मङ्गलबार बेलुकै पन्तसँग स्पष्टीकरण सोधिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप