सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

समाचार लेखेरै पत्रकारलाई बाँच्ने बनाउन लागिपर्छु : सञ्चारमन्त्री कार्की

बुधबार, ०१ भदौ २०७३, २३ : ३७
बुधबार, ०१ भदौ २०७३

नुवाकोट–सुचना तथा सञ्चारमन्त्री राम कार्कीले नेपाली सञ्चार क्षेत्रमा क्रियाशील श्रमजीवी पत्रकारको दयनिय अवस्थामा सुधार ल्याउन आफ्नो कार्यकालमा लागि पर्ने बताएका छन् ।

आफुले नेपालका श्रमजिवी पत्रकारलाई समाचार लेखेकै भरमा वांच्न सक्ने वनाउने अठोट लिएको वताउँदै मन्त्री कार्कीले मिडिया हाउससँगको समन्वयमा पत्रकारको श्रम अनुसारको मूल्य सुनिश्चित गर्ने बताएका हुन् ।

नुवाकोटको विदुरमा वुधवार प्रेस सेन्टर नेपाल जिल्ला शाखाको प्रथम एकता सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथी सञ्चारमन्त्री कार्कीले पत्रकारलाई पेशाबाट पलायन हुनवाट रोक्नका लागि उचित पारिश्रमिक दिनै पर्ने बताए । ‘अब राज्यको जिम्मेवारी समाचार लेखेरै पत्रकार र तिनका परिवारलाई बाँच्न सक्ने बनाउनु हो, उनले भने, ‘यसको निम्ति पनि मेरो कार्यकाल केन्द्रित गर्नेछु ।’ उनले पत्रकारले सञ्चार माध्यममा समाचार लेखेर उचित पारिश्रमिक नपाएको अवस्थामा यसको समाधानका लागि सञ्चारगृहका मालिकसंग वसेर समन्वय, सहमतिमै समाधान गर्ने पनि बताए । उनले पत्रकारितामा भएका समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको भन्दै एउटा पत्रकारलाई सदैव पत्रकारितामै टिक्ने वातावरण मिलाउन सरकार क्रियाशील रहेको दावी गरे । श्रमजिवी पत्रकारहरुको समस्या अहिले प्रमुख रुपमा आएको र यसलाई समाधान नगरि गुणस्तरियता, विस्वसनिय तथा दीर्घकालीन रुपमा पत्रकारिता हुन नसक्ने मन्त्रि कार्कीले धारणा थियो । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्यसमेत रहेका मन्त्रि कार्कीले पत्रकारहरु पनि जिम्मेवार रुपमा प्रस्तुत भई सत्यतथ्य विषयलाई वाहिर ल्याएर नकाात्मक विषय मात्रै नभई सकारात्मक विषयलाई उठान गरेर स्थानीयलाई सहयोग गर्न आग्रह गरे ।

कुनै पनि घटनालाई कारणसहित वाहिर ल्याएर एउटा सचेत र आशावादी पत्रकारले जनताको मन जित्नु पर्ने मन्त्रि कार्कीको भनाई छ । आफुले श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन तथा पत्रकारहरुको हकहितका लागि सदैव क्रियाशील रहने मन्त्रि कार्कीले प्रतिवद्धता जनाए ।

सोहि कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री कार्कीले प्रेस सेन्टर नेपालका संस्थापक सदस्य तथा नेपाल पत्रकार महासंघका पुर्व महासचिव ओम शर्मा, महासंघका केन्द्रिय सदस्य राजु लामा, प्रेस सेन्टर नेपालका संस्थापक सदस्य तथा पत्रकारहरु वलराम थापा, सचिन रोक्का, प्रभा वोगटी र सुनील खड्कालाई प्रशंसा पत्रद्वारा सम्मान गरे ।

कार्यक्रममा महासंघका पुर्व महासचिव ओम शर्माले श्रमजिवी पत्रकार ऐनको पुर्ण पालना तथा सञ्चारकर्मीका समस्या समाधानका लागि सरकारले विशेष योजना वनाउन अनुरोध गरे । प्रेस सेन्टर नुवाकोटमा गजुरेल प्रेस सेन्टर नेपाल नुवाकोटको अध्यक्षमा रामहरि गजुरेल चुनिएका छन् । सुचना तथा सन्चारमन्त्री कार्कीले उद्घाटन गरेको एकताको प्रथम जिल्ला सम्मेलनले आगामी तनि वर्षे कार्यकालका लागि गजुरेललाई सर्वसम्वत् रुपमा चयन गरेको हो । गजुरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँं कार्य समिति चयन गरेको छ । उपाध्यक्ष शक्तिमाया तामाङ, सचिवमा रामहरि आचार्य, सहसचिवमा रुपा अर्याल र कोषाध्यक्षमा गोपाल मिजार निर्विरोध चयन भएका छन् । सदस्यहरुमा राजकुमार नेपाली, दुर्गा पनेरु, सम्झना मिश्र, दिपक थापा, खुसी नेपाली, विद्यादेवी मिजार, प्रमिला सुनार, सुजन प्रेमी, प्रभाकर न्यौपाने रहेका छन् । यसैगरी, प्रेस सेन्टर नेपाल नुवाकोटको सल्लाहकार संयोजकमा शुभलाल श्रेष्ठ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप