सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डको विशेष दूत बनेर आज दिल्ली जाँदै निधि, यस्तो छ भ्रमणको उद्देश्य

बिहीबार, ०२ भदौ २०७३, १० : ५६
बिहीबार, ०२ भदौ २०७३

काठमाडौं– उपप्रधानमन्त्री विमलेन्द्र निधि आज भारत जाँदैछ । प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा उनी दिल्ली जान लागेका हुन् । दिल्लीमा रहँदा उनले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । निधि पाँच दिनसम्म भारतमा रहनेछन् ।

दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन, भारतीय राष्ट्रपतिको नेपाल भ्रमण गराउन र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालको भ्रमणको तयारी गर्न उनको भारत भ्रमणको उद्देश्य रहेको बताइएको छ ।

साताअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको विशेष दूतका रुपमा दुई उपप्रधानमन्त्रीलाई भारत र चीन पठाउने निर्णय गरेको थियो ।

निर्णयअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा अहिले चीनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप