सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेविसंघ निर्वाचनको मतगणना सुरु, तीन घण्टाभित्र नतिजा

बिहीबार, ०२ भदौ २०७३, ११ : १६
बिहीबार, ०२ भदौ २०७३

काठमाडौं– नेविसंघ निर्वाचनको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बिहिबार बिहान ११ बजेदेखि मतगणना सुरु भएको हो । निर्वाचन समिति सदस्य कृष्ण पनेरुले दिएको जानकारी अनुसार विद्युतिय तर्फको ४ स्थान र मतपत्रको ३ स्थामा मतगणना भइरहेको छ । उनले सबै पदहरुको मतपरिणाम तीन घण्टाभित्र आइसक्ने  बताए ।

बुधबार मध्यान्ह १२ बजेदेखि सुरु भएको निर्वाचन कार्यक्रम बिहिबार बिहानसम्म चलेको थियो भने निर्वाचनमा जम्मा ३३ सय ७ मत खसेको थियो ।

नेविसंघको ११ औं महाधिवेशनमा नेतृत्वका लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको थियो । उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र सदस्यको १ सय २९ पद्का लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको हो । सभापतिमा शुभराम बस्नेत, नैनसिंह महर, मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र बचन कार्की उम्मेद्वार रहेका छन् । २ महामन्त्रीका लागि ५ जना उम्मेद्वार रहेका छन् भने एक कोषाध्यक्षका लागि ४ जनाको उम्मेद्वारी रहेको छ । मतदानबाट एक सभापति, ११ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य चयन हुने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप