सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माग पुरा नभएसम्म सरकारमा जाँदैनौँः नेता महतो

बिहीबार, ०२ भदौ २०७३, १२ : ०५
बिहीबार, ०२ भदौ २०७३

राजविराज– सीमाङ्कनसहित संविधान संशोधन नभएसम्म सरकारमा नजाने सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले बताएका छन् । तेस्रो मधेस आन्दोलनका क्रममा एक वर्षअगाडि सप्तरीको भारदहमा मृत्यु भएका राजीव राउतसहित छजनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै महतोले यस्तो कुरा बताएका हुन् । मधेसी मोर्चा सप्तरीले बुधबार भारदहमा आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै नेता महतोले आफूहरुको माग सम्बोधन भएमात्र सरकारमा जान सकिने उनले बताए । साथै, आन्दोलनका क्रममा सप्तरीमा सहादत प्राप्त गरेका छजनाका पत्नीलाई दोसल्ला ओढाई सम्मानसमेत गरेका थिए। कार्यक्रम मोर्चाको क्षेत्र नं २ का कुन्दनकुमार मण्डलको अध्यक्षतामा भएको थियो ।

यसैबीच, तेस्रो मधेस आन्दोलनमा सर्वप्रथम मृत्यु भएका राजीव राउतलगायतको सम्झनामा सप्ताहा कार्यक्रमअन्तर्गत बुधबार पहिलो दिन जिल्लाका विभिन्न स्थानमा द्वीप प्रज्वलन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप