सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मधेस आन्दोलनमा मारिएका ५२ जनाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

बिहीबार, ०२ भदौ २०७३, १२ : १९
बिहीबार, ०२ भदौ २०७३
[caption id="attachment_68619" align="alignright" width="754"] File photo[/caption] काठमाडौं– सरकारले मधेस आन्दोलनमा मारिएका १० सुरक्षाकर्मीसहित ५२ जनाको परिवारलाई जनही १० लाख दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बैठकले मधेस आन्दोलनको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय समेत गरेको छ । यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनमा मारिएका ६८ जनाको नाम राहतको लागि तय गरेकोमा सरकारले ५२ जनालाई १० लाख दिने निर्णय गरेको हो । नेपाल सरकारले सहिद परिवारलाई क्षतिपूर्ती दिने घोषणा गरेसँगै मोर्चाले सरकारलाई बुझाउन सहिदहरुको सूची तयार गरेको थियो  । जसमा मधेस आन्दोलनका क्रममा मारिएका भारतीय नागरिक आशिष कुमार रामको समेत नाम थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप